Thursday, May 19, 2011

नृत्य प्रतियोगितामा भुजुङ प्रथम

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस २२ गते ।
तमु छोँज धीँ लमजुङले तमु लोँ ल्होसार २०६५ को अवसरमा आयोजना गरेको नृत्य प्रतियोगितामा लालीगुराँस युवा क्लब भुजुङ प्रथम भएकाछन् ।
प्रतियोगितामा बागिना युवा क्लब वेसीशहरले द्वितीय र शिलादेवि युवा क्लब सिउरुङले तृतीय स्थान हासिल गरेका छन् । भूपू सैनिक आवासीय मावि भोटेओडारले सान्त्वना भएकाछन् ।
प्रतियोगितामा प्रथम हुने लाली गुराँस युवा क्लब भुजुङले सातहजार सहित प्रमाणपत्र हात पारेका छन् भने द्वितीय हुने बागिना वेसीशहरले पाँचहजार, तृतीय हुने शिलादेवी सिउरुङले तीनहजार र सान्त्वना हुने भूपू भोटे ओडारले एक हजार पाँचसय हातपारेका छन् ।
तमु संग्रहालयको प्राङ्गणमा आयोजना गरिएको स्यो कैँ अर्थात सामुहिक भोज कार्यक्रममा तमु छोँज धीँ लमजुङका अध्यक्ष प्रेम घले र प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले प्रतियोगिताका विजेता समूहलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।


Posted on:January 6, 2009, 2:17 am

No comments:

Post a Comment