Thursday, May 19, 2011

आत्मनिर्भर बन्न सीप सिक्दैछन् लमजुंगे युवायुवतीहरु

आश गुरुङ 'प्रतीक'
Seep Sikdai Lamjungmaलमजुङ, पुस २२ गते ।
लमजुङका एक दलित युवकले आफ्नो हातमा सीप नभएकै कारण विदेशमा ज्यादै दुःख भोग्नुपर्‍यो । तीनवर्षम्म विदेशमा वस्दा उनले नपाउनसम्मको दुःख पाए, ताकि पैसा पनि भनेजस्तो कमाउन सकेनन् । त्यसैले उनी अहिले सीप सिक्न लागेकाछन्, आत्मनिर्भरका लागि ।
हो, लमजुङको चन्दे्रश्वर गाउँ विकास समिति वडा नं. ३, डाँडागाउँका ३४ वषिर्य सुन्दर मजाकोटीले आफ्नो हातमा सीप नभएकै कारण विदेशमा ज्यादै दुःखका दिनरातहरु गुजार्नु पर्‍यो । आफ्नो बृद्धा आमाको सपना साथै जीवनसंगीनी र छोराछोरीको माया बोकेर तीनवर्षघि विदेशिएका मजाकोटीले साहुसंग लिएको ऋणमात्रै तिर्न सके, अरु केही गर्न सकेनन् । 'आफ्नो हातमा सीप नभएपछि धेरै दुःख पाउँदो रहेछ' मजाकोटीले भने, 'जति दुःख पाउनु पाईसकेँ, सायद अव मेरो पसिनाको कदर हुन्छ होला ।'
लमजुङको सदरमुकाम वेसीशहरनजिकै गाउँशहर गाउँ विकास समिति वडा नं ८, गैरीमा एउटा भवन छ । लमजुङ सीप विकास प्रतिष्ठान, गैरी क्याम्पस नामाकरण गरिएको सो भवनमा अहिले सुन्दर मजाकोटीमात्रै नभएर धेरै युवाहरुले तालिम लिईरहेका छन् । कार्पेन्टरी र डिजाईन साथै सव-ओभरसियर लेभलको सिभिल टेक्निसियनको तालिम अहिले संचालनमा छ । कार्पेन्टरी र डिजाईनमा २२ र सिभिल टेक्निसियनमा २४ जना विद्यार्थीले तालिम लिईरहेका छन् । तालिम दई वर्षका लागि भदौबाट शुरु भएको हो ।
प्रतिष्पर्धात्मक दक्ष जनशक्तिको उत्पादन गरि आर्थिक र नैतिक रुपमा सवल समाजको निर्माण गर्ने लक्ष्य तालिमवाट लिइएको छ । त्यसैले होला, युवायुवतीहरु सीपमुलक तालिम लिन उत्साहित भएकाछन् । प्रायः पुरुषलेमात्रै गर्ने र सिक्ने यस्ता प्रकारका तालिममा महिलापनि सहभागी छन् । 'तालिम लिनुका पछाडि धेरै कारण छन्' गाउँशहर गाविस वडा नं. ८, गैरीकी विष्णुमाया पराजुली भन्छन् 'मेरो श्रीमान् विदेशमा हुनुहुन्छ, हातमा कुनै सीप नभएका कारण उहाँले धेरै दुःख पाउनुभएको छ' उनी भन्छन्, 'यदि वहाँसंग सीप भएको भए विदेश जानै पर्दैन्थ्यो, स्वदेसमै रोजगार पाईन्थ्यो ।' पराजुली सीप नभएका कारण आफ्ना श्रीमान्ले पाएको दुःखलाई सम्झेर सीप सिक्न थालेका हुन् । सीप सिक्नका लागि लमजुङका मात्रै नभएर गोरखा र तनहुँवाट पनि सहभागी भएकाछन् ।
स्वीट्जरल्याण्डका एक ब्यक्तिले निर्माणका लागि सहयोग गरेको लमजुङ सीप विकास प्रतिष्ठान, गैरी क्याम्पस लमजुङको भवन अझैपनि निर्माणाधिन छ । १५ वर्षउमेर पुगेका र प्रवेशिका परीक्षा पास गर्न नसकेका ब्यक्तिहरु लमजुङ सीप विकास प्रतिष्ठानका तालिमकर्ताहरु हुन् । बाध्यतावस पर्ढाई छोडेका कारण वेरोजगार बनेका युवायुवतीहरुको भविश्यका लागि सीपमुलक तालिमको आयोजना गरिएको क्याम्पस प्रमुख निमानन्द रिजालले वताए ।
मष्तिस्कमा ज्ञान र हातमा सीप भए कसैले पनि अनेकन दुःख झेल्नुपर्दैन । तर पनि अहिलेको शिक्षा नीतिलाई एकातिर पन्छाएर लमजुङ सीप विकास प्रतिष्ठानले युवायुवतीहरुलाई ब्यवहारिक शिक्षा दिएका छन् । विद्यार्थीहरुले पनि विद्यालयको कक्षागत पाठ्यक्रम भन्दा ब्यवहारिक र सीपमुलक ज्ञान सिक्न पाएका छन् ।
एउटा गैरसरकारी संस्थाको रुपमा रहेको लमजुङ सीप विकास प्रतिष्ठान, गैरी क्याम्पसले यस्तो कार्यक्रम संचालन गरिसक्दा सरकारले केही सोँच्ने वेला आएको छ । र्सवसाधारणलाई शिक्षा र ज्ञान दिने सरकारको मुख्य दायित्व हो । सरकारको शिक्षा नीतिमा परिवर्तन नआए र्सवसाधारणले अनेकन दुःख सामना गर्नुपर्नेछ, यसमा कुनै दुईमत छैन ।

Posted on:January 6, 2009, 2:36 am

No comments:

Post a Comment