Friday, May 13, 2011

नाचगान गर्दा आमा समूहलाई दुईलाख सहयोग

रबिन राउत, लमजुङ,

कार्तिक २९ गते - आफ्नो घरमा नाचगान गर्न आउने आमा समुहलाई लमजुङका एक ब्यक्तिले दुईलाख रुपैँया दिएर पठाएकाछन् ।
घनपोखरा गाउँ विकास समिति वडा नं। ९, नाँयू गाउँका शेष घलेले सदरमुकाम वेसीशहरस्थित शान्ति टोल आमा समूहलाई दुईलाख दिएर पठाएका हुन् । रोगगारीको शिलशिलामा अष्ट्रेलियामा रहेका घलेलाई सेलरोटी, रक्सी, फलफूल साथै फूलमालाले स्वागत र सत्कार गरिएको थियो ।
विदेशमा वस्ने जो कोही आफ्नो गाउँघर फर्किएपछि लमजुङका गुरुङ जातिले स्वागत र आशिर्वादाका साथ नाचगान गर्ने चलन छ । सोही अवसरमा आफ्नो गच्छे अनुसार पैसा दिने गरिन्छ । घलेको दान सहयोगले २१ लाखको लगानीमा निर्माणाधिन आमा समूहको भवनलाई थप राहत मिलेको शान्ति टोल आमा समूहकी कोषाध्यक्ष लोकमाया घलेले वताउनुभयो ।

No comments:

Post a Comment