Friday, May 13, 2011

मोवाईल फोनको सिष्टम परिवर्तन नमस्ते मोवाईल अवरुद्ध

रबिन राउत लमजुङ,

कार्तिक २७ गते - नेपाल टेलिकमले सञ्चालन गरेको नमस्ते मोवाईल सेवालाई गुणस्तरीय बनाउनको लागि लमजुङमा सिष्टम परिवर्तन तथा क्षमताबृद्धि कार्य सुरु गरिएको छ ।
विगतमा टेलिकमले 'डब्लु.एच.वाई' कम्पनीको सिष्टम मार्फ सेवा दिँदै गरेकोमा अहिले 'जीटीसी' कम्पनी मार्फ् सेवा प्रदान गर्न लागिएको टेलिकम लमजुङका प्रमुख रुद्रकुमार श्रेष्ठले वताएकाछन् ।
सिष्टम परिवर्तनका लागि 'जीटीसी' कम्पनीका चाईनिज प्राविधिकहरुले काम गरीरहेका छन् । 'जीटीसी' कम्पनीका सिष्टम जोड्न लागेका कारण लमजुङमा हिजो मंगलवार दिउँसो १२ बजेदेखि नमस्ते टेलिफोन सेवा अवरुद्ध छ ।
सिष्टम परिवर्तन गरेपछि चार हजार पाँचसय सिम क्षमता बाट बृद्धि भई त्यसको दोब्बर सम्म थेग्न सक्ने वताईएको छ । लमजुङमा अहिले सम्म सातहजार आठ सय थान नमस्ते मोवाईलको सिमकार्ड र तीनहजार छ सय थान स्काई मोवाईलको रिमकार्ड वितरण भईसकेको टेलिकमले जनाएको छ ।


Posted on:November 12, 2008, 11:17 pm

No comments:

Post a Comment