Friday, May 13, 2011

वेसीशहर-डुम्रे सडकखण्ड ६ घण्टा अवरुद्ध पछि खुला

रबिन राउत, लमजुङ,

कार्तिक २९ गते - पृथ्वी राजमार्गअर्न्तर्गत पर्ने लमजुङको सदरमुकाम वेसीशहरदेखि तनहुँको डुम्रेसम्मको सडक खण्ड ६ घण्टा अवरुद्ध पछि विद्यार्थी र यातयात व्यवसायी विचको सहमती पछि अपह्रान १२ वजे देखि खुलेको छ । पेट्रोलियम पदार्थको मुल्य घटेपनि यातायत भाडा नघटाएको र विद्याथीहरुलाई सहुलियत नदिएको भन्दै लमजुङ अनेरास्ववियु क्रान्तिकारी कृषि क्याम्पसका विद्याथीहरुले सडक अवरुद्ध पारेका हुन् ।
विद्यार्थीहरुले लमजुङको भोटेओडार गाविसस्थित सिउँडीवार चोक, पाउँदी लगायतका ठाउँठाउँमा ढुङ्खामुढा तेर्स्याएर सडक अवरुद्ध पारेकाथिए् । विद्यार्थीको आन्दोलनका कारण सयौँ यात्रुहरु वाटोमा अलपत्र परेका थिए ।
सहमतीमा विगतमा भएको सहमती लाई निरन्तर दिने सहमती पछि वाटो खुलेको हो । यस अघि माईक्रो वसले १ जना र ठुला वसले छिटपुटलाई मात्र लाई छुट दिदै आएको थियो ।

Posted on:2008-11-15 07:26:53

No comments:

Post a Comment