Tuesday, May 17, 2011

ऋण मिनाहको कार्यविधि आयो कृषि विकास बैंकमा साना किसानहरुको भीड

आश गुरुङ 'प्रतीक',
लमजुङ, पुस ४ गते - सरकारले बजेट भाषणमा घोषणा गरिएअनुसार कृषि विकास बैंकवाट लिएको ऋण मिनाह गर्ने कार्यविधि पहाडि जिल्ला लमजुङमा दुईमहिनापछि भित्रिएको छ । यो कार्यविधि शहरी जिल्लामा चाँडै भित्रिएपनि पहाडि जिल्ला लमजुङमा भित्रिएको एकहप्तामात्रै भएको छ । अर्थमन्त्रीको बजेट भाषणमा घोषणा भए अनुसार ३० हजार रुपैयाँसम्मको साँवा तथा ब्याज र एक लाख रुपैयाँसम्म ऋणको ब्याज मिनाह गर्ने कुरा कार्यन्वयन भएको कुरा सुनेपछि गाउँगाउँका ऋणीहरु सदरमुकाम झरेकाछन् । यतिवेला लमजुङका कृषि विकास कार्यालयहरुमा साना किसानहरुको भीड लागेको छ ।
सरकारले बजेटमार्फ प्राकृतिक प्रकोप तथा द्वन्द्वका कारण मर्कमा परेका र गरिबीको रेखामूनि रहेका साना किसान तथा घरेलु उद्यमीहरु तथा ऋणीहरु जग्गा धनीपर्ूजा लिन शहर झरेका हुन् । लमजुङमा वेसीशहर, भोटेओडार र भोर्लेटार गरि तीनवटा कृषि विकास बैंकको शाखा कार्यालय रहेकाछन् ।
कृषि विकास कार्यालय वेसीशहर शाखाका प्रवन्धक कृष्ण न्यौपानेका अनुसार वेसीशहर शाखावाट यो समाचार तयार पार्दासम्म दुईसय ३० जनाले फुकुवा पत्रसहित लालपूर्जा फिर्ता लगिसकेको छ । लालपर्ूजा लिनमात्रै दैनिक २०/२५ जनाको संख्यामा आउने गरेको उनले वताएकाछन् । उनका अनुसार वेसीशहर शाखामा मात्रै करीब सातसय जनाको साँवा ब्याज मिनाह हुनेछन् ।
चालू आर्थिक वर्षो बजेट भाषणमा घोषणा गरिएको ३० हजार सम्मको ऋण मिनाह हुनेमा लमजुङका १ हजार ७७ जना र्सवसाधारण रहेकाछन् । उनीहरुसँगको साँवा १ करोड ५१ लाख १४ हजार र त्यसको ब्याज १ करोड ८ लाख ६८ हजार रहेको छ । साँवा ब्याज गरेर २ करोड ५९ लाख ८२ हजार रुपैयाँ मिनाह हुनेछ ।
यसैगरी ३० हजार देखि एक लाख सम्म ऋण लिने किसानको ब्याज मिनाह हुनेछ । कृषि विकास बैंकका अनुसार यस्ता ऋणीको संख्या लमजुङमा ३ सय ३० जना रहेका छन् । उनीहरुको साँवा १ करोड ९७ लाख ११ हजार र ब्याज २४ लाख २३ हजार रहेको छ । उनीहरुको साँवा नभएर ब्याज मात्र मिनाह हुनेछ । सरकारको निर्णयले लमजुङका करीब १५ सय किसान लाभान्वित हुने भएकाछन् ।
सरकारले २०६३ पुस मसान्त अघि कृषि विकास बैंकवाट ३० हजारसम्म ऋण लिएका कृषकहरुको साँवा ब्याज र ३० हजार भन्दा माथि एकलाख सम्म ऋण स्वीकृत भई तिर्न बाँकी रहेका ऋणीहरुलाई २०६५ असार मसान्तसम्मको ब्याज मिनाह गर्ने भएको छ । ऋण मिनाह पाउने साना किसानहरुलाई कृषि विकास बैंकले आगामी माघ १५ गतेभित्र नागरिकताको प्रतिलिपीसहित सर्म्पर्क गर्न आहृवान समेत गरेको छ ।
बैंकको रकम भने सरकारले १० वर्षा भुक्तानी गर्ने जनाएको छ । सरकारले चालु आर्थिकवर्षा ऋण र ब्याज मिनाह गर्ने कार्यक्रम र्सार्वजनिक गरेपछि साना किसानहरुले खुसी ब्यक्त गरेका छन् ।

Posted on:December 20, 2008, 10:47 pm

No comments:

Post a Comment