Tuesday, May 17, 2011

नयाँ नेपाल निर्माणको आधार जलविद्युतः

प्रधानमन्त्री प्रचण्ड

आश गुरुङ 'प्रतीक'- लमजुङ
लमजुङ, मंसिर २९ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल तथा जर्मन सरकारको सहयोगमा निर्माण भएको बुहचर्चित मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको उद्घाटन गर्नुभएको छ ।
लमजुङको भोटेओडारमा निर्मित ७० मेगावाट क्षमताको मध्यमर्स्याङदी जलविद्युत परियोजनाको उद्घाटन गर्दै उहाँले नयाँ नेपाल निर्माणको मुख्य आधार जलविद्युत उत्पादन भएको वताउनुभयो ।
नेपाल र जर्मन सरकारको दौत्य संवन्धको स्वर्ण जयन्तीको अवसरमा आयोजित सो समारोहमा प्रधानमन्त्री दाहालले तल्लो कर्णलीबाट देशकै सबभन्दा ठूलो जलविद्युत निर्माण गर्न र देशमा विद्यमान लोडसेडिङ अन्त गर्नका लागि छलफल गर्न लागिएको जानकारी दिनुभयो । उहाँले राजनीतिक प्रगतिका साथै आर्थिक प्रगति हुनुपर्नेमा जोड दिँदै आर्थिक प्रगतिका लागि केही ठूला जलविद्युत परियोजना सञ्चालन हुनुपर्ने आवश्यकता औंल्याउनु भयो । यसका लागि मित्रराष्ट्रहरुसंग आर्थिक सहयोगका लागि हात फैलाईरहेको समेत सो अवसरमा उहाँले जानकारी दिनुभयो ।
२१ औं शताब्दी पानीको शताब्दी भएकोले पानी जस्तो महत्वपूर्ण संभावना प्रकृतिले दिएकाले मुलुक आर्थिक समृद्धि तर्फअघि बढ्नेमा जोड दिनुभयो । राजनीतिक विकासक्रम सगै विकासको क्रम र प्रगतिलाई पनि अघि बढाउन नसकिए राजनीतिक विकासक्रमलाई कहीँ न कहीँ असर पार्ने र अवरोध उत्पन्न हुने बताउदै प्रधानमन्त्री प्रचण्डले विकास विभिन्न संभावनाहरुको खोजी गर्नुपर्ने पनि वताउनुभयो । सो अवसरमा परियोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले दस हजार ८ सय मेगावाट क्षमताको तल्लो कर्णली जस्ता संभावना भएका नदीहरु नेपालमा भएकोले आगमी दिनमा जर्मन सरकारसग मेगाहाईड्रो प्रोजेक्टको अपेक्षा गरिएको पनि वताउनुभयो ।
जलश्रोत मन्त्री विष्णु पौडेलले यो परियोजना अनुमान गरिएभन्दा करीब दुईगुण लागत र समय बडेको उल्लेख गर्दै आगामि दिन अन्य परियोजनामा यस्तोस्थिति आउन नदिन प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले यो परियोजना दीगो रुपमा सञ्चालन नर्गका लागि स्थानीय जनता नागरिक समाज र राजनीतिक दलसंग आग्रह गर्नुभयो । जर्मन सरकारको तर्फाट सो परियोजनामा लगानी गर्ने के एफ डब्लु डेभलपमेण्ट बैंकका बोर्ड अफ म्यानेजिङ डाइरेक्टर ध्यािनबलन प्चयज ले देशको आर्थिक विकासका लागि विद्युत उर्जा सवल माध्यम भएको उल्लेख गर्दै यस परियोजनाको निर्माणबाट बढ्दो विद्यूत माग पूर्ति गर्न केही सहयोग हुने उल्लेख गर्नुभयो ।र्
जर्मन राजदूत जर्मन राजदूत भेरिना ग्र्याफिन भेरेना रोइड्रनले संयुक्त लगानीमा गरिएको उर्जाबाट सकरात्मक परिणाम निस्किएको उल्लेख गर्दै आगामी दिन यस्ता दुई पक्षिय सहयोग अझ वृद्धि गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा जलश्रोत सचिव शंकरप्रसाद कोइराला, जर्मन सरकारका स्टेट सेक्रेटरी इंच स्ट्यथर, के.एफ.डब्लु. विकास बैंकका काईकारी निर्देशक वल्फ ग्याङ, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक उत्तरकुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए भने परियोजनाका निर्देशक सुनिलकुमार ढुंगेलले परिया.ेजनाका विषयमा जानकारी गराएका थिए ।
देशभर ७५० मेघावाट विद्युतको माग भइरहेको अवस्थामा विभिन्न नदीहरुमा पानी सुक्ने क्रम बढ्दै गएका कारण ४०० मेगावाट मात्र विद्युत उत्पादन भइरहेको छ भने मध्यमर्स्याङदी परियोजनाबाट पूर्ण रुपमा विद्युत उत्पादन भएपछि ११ प्रतिशत विद्यूत उत्पादन हुने भएको छ ।
आज आईतवार उदघाटित यो परियोजनाबाछट हाल ३५ मेघावाट विद्यूत उत्पादन भएको छ भने थप ३५ मेघावाट विद्युत माघ अन्तिमसातावाट उत्पादन हुने जनाइएको छ ।
रन अफ रिभर प्रविधिमा निर्माणकाई सम्पन्न भएको मध्यमर्स्याङ्दी परियोजनावाट बिद्युत १३२ केभीको राष्ट्रिय प्रशारण लाइन जोडिएको छ । परियोजनाबाट उत्पादित बिद्युतले मूलुकको अहिलेको लोडसेडिङमा २५ प्रतिशतले कमी आउने भएको छ । मुलुकमा निर्माण भएका जलविद्युत परियोजनामध्ये दोश्रो ठूलो मध्यमर्स्याङ्दी जलविद्युत परियोजना जर्मन सरकार, नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको हो । सन् २००१ देखि निर्माणकार्य शुरु भएको यो परियोजना सन २००४ को अन्त्य सम्ममा निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य राखिएकोमा मुलुकमा भएको द्वन्द्व, युरोको मूल्य बृद्धि, डिजाइन परिवर्तन जस्ता विविध कारणले परियोजनाको निर्माण लागत दोब्बर हुन पुगेको नेपाल प्राधिकरणले जनाएको छ । परियोजनको सुरुवातको डिजाईन लागत १३ अर्ब ६५ करोड रुपैया अनुमान गरिएकोमा अहिले विविध कारणले यसको लागत समेत दोब्बर बृद्धि भई करीब २७ अर्व पुगेको अनुमान गरिएको छ ।

Posted on:December 14, 2008, 7:55 am

No comments:

Post a Comment