Sunday, May 15, 2011

गैरसरकारी संस्थाको अध्यक्षतामा बोहरा

रबिन राउत लमजुङ,

लमजुङ, मंसिर १५ गते - गैर सरकारी संस्था महासंघ लमजुङको अध्यक्षमा राजेन्द्र बोहरा र्सवसम्वत चयन भएकाछन् ।
संस्थाको लमजुङ सदरमुकाम वेसीशहरमा भएको तेस्रो अधिवेशनले बोहरालाई चयन गरेको हो । त्यस्तै, उपाध्यक्षमा बिष्णु कुमार श्रेष्ठ, सचिव शुभाष पौडेल, कोषाध्यक्षमा रमेश घलेलाई चयन गरिएको छ । सदस्यहरुमा बिमला पौडेल, कृष्ण प्रसाद अधिकारी र शेषकान्त ढकाल चयन भएकाछन् । अधिवेशनले हिला र दलित गरि दुई सदस्य पछि थप गर्ने निर्णय गरेको छ ।
गैसस महासंघ क्षेत्रीय सदस्य किसान नेपालीको अध्यक्षतामा भएको सो अधिवेशनको निर्वाचन प्रक्रियाका वारेमा बार एकाई लमजुङका सचिब कृष्ण प्रसाद अधिकारीले सहजीकरण गरेको थियो । अधिवेशनमा लमजुङका २२ वटा गैर सरकारी संस्थाहरुको सहभागिता थियो ।


Posted on:November 30, 2008, 5:10 am

No comments:

Post a Comment