Sunday, May 15, 2011

नेराकस खिला चयन

रबिन राउत

लमजुङ, मंसिर १५ गते - नेपाल राष्ट्रिय कर्मचारी संगठन लमजुङको अध्यक्षमा खिलाराज शर्मा घिमिरे चयन भएकाछन् ।
लमजुङ सदरमुकाम वेसीशहरमा आयोजना गरिएको प्रथम जिल्ला सम्मेलनेले शर्मालाई र्सवसम्मतका साथ चयन गरेको हो । 'अग्रगामी जनमुखी प्रशासन आजको आवश्यकता-संघीय नयाँ नेपाल निर्माणमा कर्मचारीहरुको प्रतिबद्धता' भन्ने मूल नाराको साथ आयोजना गरिएको सम्मेलनवाट १७ सदस्यीय कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा डिलाराम लम्साल, सचिब कृष्ण प्रसाद बसौला, कोषाध्यष गंगालाल योगी रहेकाछन् ।
त्यस्तै, सदस्यहरुमा हरि बहादुर लोहनी, मुकेश रेग्मी, विश्वनाथ अधिकारी, जंग बहादुर गुरुङ, तारा थापा, चन्द्र बहादुर तिमिल्सेना, खेमराज पौडेल, कमला सुँयल, धनमती गुरुङ, निर्मल कट्टेल, हरि प्रसाद लामिछाने र झविश्वर रेग्मी रहेकाछन् । यसैगरि सोही अवसरमा यसैगरी संठनको निजामतितर्फ११ सदस्यीय कार्य समिति पनि चयन गरिएको छ । यसको अध्यक्षमा अध्यक्षमा बिष्णु चन्द्र श्रेष्ठ, उपाध्यक्ष गंगाललाल योगी, सचिब खेमराज पौडेल र कोषाध्यक्षमा सुमित्रा बसौलालाई चयन गरिएको छ । स्थानिय निकाय तर्फो ७ सदस्यीय कार्यसमितिमा अध्यक्ष हरि बहादुर लोहनी, उपाध्यक्ष राजेन्द्र अधिकारी, सचिब रुकमान गुरुङ र कोषाध्यक्षमा अञ्जना सुवेदी चयन गरिएको छ ।
कार्यक्रममा नेकपा माओवावदीका इन्चार्ज देवेन्द्र पराजुली, नेकपा एमालेका उप-सचिब जमिन्द्रमान घले, जनमोर्चाका कार्यालय सचिब ठग बहादुर अधिकारी, प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पोखेल, अखिल नेपाल बुद्धिजीवि संगठनका अध्यक्ष बद्रिविलास मिश्र, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष ऋषिराम चापागाई, नेपाल निजामती कर्मचारी संगठनका सचिब बिश्वप्रसाद ढकाल, कर्मचारी युनियनका काशिराज पण्डित लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो।
शनिवार सम्पन्न सम्मेलनको नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य एंव स्थानीय विभागका अध्यक्ष शुशिल पौडेलले उद्घाटन गर्नुभएको थियो । सम्मेलनलाई संवोधन गर्दै पौडेलले अन्य कर्मचारी संगठन सरुवा, बढुवा र कमिशन खाएर महले बनाउने काम गरेकाले त्यसको भण्डाफोर गर्न नेपाल राष्ट्रिय कर्मचारी संगठनको उदय भएको वताए ।

Posted on:November 30, 2008, 5:18 am

No comments:

Post a Comment