Sunday, May 15, 2011

वेशिशहरमा वडदै छ सडक अतिक्रमण

रबिन राउत

लमजुङ मसिंर ११
यसै सानो सडक त्यो माथी पनि यहाका व्यापारी तथा फुटपाथे व्यापारी र विभिन्न पसल तथा संघ सस्था का होडिङ वोर्ड वाटौमै राखिदिनाले त झनै सडक साघुरो वनाई राखेको छ । सर-सामान वेच्न हिडेका मालवाहक ट्रक तथा साना गाडिहरुले सडक पेटिमा गर्ने पार्किङ ले त झनै र्सवसाधरण हरुलाई वाटो वाटै हिडन अप्ठायारो वनाएको छ । साना देखि ठुला व्यापारी हरुले सडकको ख्यालै नराखी सामान राखिदिनाले नै सडक अतिक्रमण भएको हो । लमजुङ उद्योग वाणिज्य सघंले पटक पटक त्यस्ता क्रियाकलाप रोक्न चेतावनी दिएता पनि त्यसको कसैले पालना गरेको लाग्दैन ।
वेशिसहर वजारलाई हरियाली वनाउने उद्देश्यले सडकको दुईटै किनारामा असोक वृक्ष लगाइएको छ । सो वृक्षलाई मानिस तथा जनावारवाट संरक्षण दिनको लागी फलामको जाली लगाइएको छ । त्यस जालि तथा वृक्षले त झनै मानिस हिडनको लागी प्रयोग गरिने दाया वाया किनारा ओगटेको छ । वेशिसहर वजारलाई हरियाली वनाउने योजना पनि लमजुङ उद्योग वाणिज्य सघंकै हो । अहिले लमजुङ जिल्लाको विकास तथा आर्थीक स्रोत जुटाउनको लागी सडक छेउमा राखिएको विभिन्न किसिमका सामाग्री हरुको कर भनौ या एक दिनको भाडा भनौ ठेला व्यापारी ,गाडि पाकिङ गर्नेलाई सग रु १० लिने गरेको छ । यसरी उठेको रुपैयाले वेशिसहर वजारको विकास निर्माणमा खर्च गरीने लमजुङ उद्योग वाणिज्य सघंका महासचिव मृगे्रन्द्र घिमिरेले वताउनु भयो । पटक पटक सुचना निकाले पनि कसैले पनि सडक छेउमा सामान राख्न भने छोडेको छैन महासचिव घिमिरेले वताउनु भयो । यसरी सडक अतिक्रमण तथा जथाभावी पाकिङ को समस्या सवारी साधनको उचित पाकिङको व्यवस्था नभएको कारणले भएके हो ।



Posted on:November 26, 2008, 4:35 am

No comments:

Post a Comment