Tuesday, May 17, 2011

गन्धर्व गाउँ अझै पहिरोको खतरामा गाउँभरि खानेपानीको समस्या

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस ४ गते ।
Elamjungपूर्वी लमजुङको तार्कुघाट गाउँ विकास समितिमा रहेका लोपुन्मुख गन्धर्व वस्ती पहिरोको चपेटामा परेको छ ।
गत भदौमा गएको पहिरो अझै नरोकिएपछि तार्कुघाट गाविसको पिपलटारी र कमलवारीका गन्धर्वहरु दिनानुदिन असुरक्षित बन्दै गएको छ । घर भएका स्थानलाई छोडेर माथि र तलवाट अहिलेपनि पहिरोले च्यापीरहेको छ । पहिरो निरन्तर चलेका कारण गर्न्धर्व जातिका करीब १६ घरपरिवार विस्थापित अवस्थामा पुगेको स्थानीय बुद्धिमान गन्धर्वले वताउनुभएको छ ।
आर्थिक स्थित नाजुक भएका कारण आफ्नो घर छोडि कतै जान नसकेका गन्धर्वहरु माथि र तलवाट पहिरो चलेपछि निकै चिन्तित बनेकाछन् । गन्धर्व वस्तीमात्रै नभईकन पहिरोले तार्कुघाटका अन्य गाउँपनि बगाउन लागेको छ ।
अविरल वर्षाका कारण भदौ १४ गते बाढीपहिरो हुँदा त्यस स्थानका मधुमाया नेपाली र समुन्द्रा नेपालीले घटनास्थलमानै ज्यान गुमाएका थिए । मानवीय क्षतिसंगै त्यसवखतदेखि करीब एकदर्जन भन्दा बढी घरपरिवारले विस्थापित जीवन विताउँदै आएकाछन् । तार्कुघाट र धमिलिकुवा गाविसको सिमानामा पर्ने लुपु खोलमा आएको बाढीले खानेपानीको पाईप, मुहान र ट्याङ्की बगाईदिएपछि स्थानीयवासिन्दालाई समस्याले पिरोलेको छ । विगतमा सजिलोसंग खानेपानी उपभोग गदै आएका स्थानीयवासिन्दा अहिले कुवा र खोलाको पानी खान बाध्य छन् । हुनेखानेले खानेपानीको मुहानवाट पाईप जडान गरि ल्याएकाछन् भने त्यही पाईपपनि जथाभावी फुटेका र मानिसले काट्ने गरेकाले खानेपानीको चरम समस्या भएको स्थानीय मोहन गन्धर्वले वताउनुभयो ।
खानेपानीको पाईप, मुहान र ट्याङ्की बगाईदिएपछि तार्कुघाट गाविस वडा नं. ७ र ८ का सयभन्दा बढी घरपरिवारहरु अहिले खानेपानीवाट बञ्चित छन् । समस्या धेरै भएपनि संवन्धित निकायले चासो नदिएको स्थानीयवासिन्दाको गुनासो छ ।
तस्वीरमाः भदौ १४ गते तार्कुघाटमा गएको पहिरोले आधा भाग बगाएको एउटा घर । बाढीपहिरोका कारण त्यतिवेला एकदर्जन भन्दा बढी घरपरिवार विस्थापित भएका थिए ।
तस्वीरः आश गुरुङ 'प्रतीक'

Posted on:December 20, 2008, 9:57 pm

No comments:

Post a Comment