रबिन राउत लमजुङ
लमजुङ, मंसिर १५ गते - लमजुङको उदीपुरमा मोटरर्साईकलको ठक्करवाट एक वालक गम्भीर घाईते भएका छन् ।
बेसीशहर-डुम्रे सडक खण्डको उदिपुरबाट भोटेवडार तर्फजाँदै बा २१ ख ६२१४ नम्बरको मोटर र्साईकलले ठक्कर दिँदा आज आईतबार उदिपुर गाउँ विकास समिति वडा नं. ३ का ११ बषिर्य साइँला श्रेष्ठ गम्भिर घाईते भएका हुन । श्रेष्ठको टाउको र छातीमा गम्भिर चोट लागेको छ । घाईते र्साईला श्रेष्ठलाई लमजुङ सामुदायिक अस्पतालमा उपचार हुन नसकी पोखरा स्थित मणिपाल अस्पताल लगिएको छ । बालिकालाई ठक्कर दिए पछि सडकमा मोटर साइकाल ठोकिदा मोटर साइकल चालक गौतम समेत घाइते भएका छन । मोटर साइकल चालकको नाम गौतम सिलुवाल रहेको छ
यसैगरी लमजुङ गाउँशहर गाउँ विकास समिति वडा नं. ९ का १९ बषिर्य देवीजंग गुरुङ ट्रकबाट खस्दा गम्भिर घाईते भएका छन । बेसीशहरबाट डुम्रेतर्फजाँदै गरेको ट्रकबाट गाउँशहर गाविस वडा नं. ७, भकुण्डे नजिकै खस्दा गुरुङ गएराती घाईते भएका हुन । गुरुङको टाउकोमा गम्भिर चोट लागेको छ । ट्रकबाट खसेपछि बेहोस भएका गुरुङलाई छोडेर अघि बढेको कारण ट्रकको नम्बर भने खुल्न नसकेको प्रहरीले जनाएको छ । गुरुङको लमजुङ सामुदायिक अस्पतालमा उपचार हुन नसकि काठमाण्डौ स्थित शिक्षण अस्पतालमा लगिएको छ । ट्रकको खोजि भईरहेको प्रहरीले जनाएको छ ।
Posted on:November 30, 2008, 5:21 am
No comments:
Post a Comment