Friday, May 13, 2011

मदिरा विक्रीवितरणको स्वीकृति लिन लमजुङमा भिड

रबिन राउत लमजुङ

लमजुङ मसिंर २- पहाडि जिल्ला लमजुङमा मदिरा तथा सूर्तिजन्य पदार्थलाई विक्रीवितरणका लागि स्वीकृति लिने संवन्धित निकायमा लाम लागेको छ ।
नेपाल सरकारले चालू आर्थिकवर्षेखि ब्यापारीहरुलाई जथाभावि मदिरा तथा सूर्तिजन्य पदार्थलाई विना स्वीकृत विक्रीवितरण गर्न रोक लगाएपछि दर्ता गर्नेको संख्यामा बृद्धि भएको हो ।
यसअघि ब्यवसायीक रुपमा शहरबजारका वासिन्दाले आफूखुसी पसलहरुमा मदिरा विक्रीवितरण तथा सर्ूर्तिजन्य पदार्थलाई विक्रीवितरण गर्दै आएको थियो । तर, अहिले सरकावले दर्ता गर्नुपर्ने नियम बनएपछि मदिरा तथा सूर्तिजन्य पदार्थलाई विक्रीवितरण गर्न ब्यापारीहरु दर्ता प्रक्रियामा अगाढि बढेको हो ।
आन्तरिक राजस्व विभागका कार्यालयमा दर्ता गरेरमात्रै संचालन गरिने ब्यापारी प्रायोजनका लागि पसल राखेको गाविसले सिफारिस गर्नुपर्ने हुन्छ । त्यस्तै, जिल्लास्थित घरेलु तथा साना विकास कार्यालय र उद्योग वाणिज्य संघले स्वीकृतिका लागि सिफारिस दिने गर्दछ । लमजुङ उद्योग वाणिज्य संघका अनुसार चालू आर्थिक वर्षा मात्रै ४० जनाले विभिन्न ब्यापारिक प्रायोजनका लागि सिफारिस लगेका छन् । लउवासंघले दिएको ४० जना सिफारिस मध्ये १३ जनाले मदिरा तथा सूर्तिजन्य विक्रीवितरणका लागि इजाजत पत्र लिएको कोष तथा लेखा नियन्त्रण कार्यालय लमजुङका प्रमुख शिवराम महतले जानकारी दिनुभएको छ । लमजुङ उद्योग वाणिज्य संघका कार्यक्रम अधिकृत मीना गुरुङले ब्यापारिक प्रायोजनका लागि संघमा आवद्ध नभईकन सिफारिस लिन आउनेको संख्यामा बृद्धि भईरहेको वताउनुभयो । यता, घरेलु तथा साना उद्योग विकास समितिका प्रमुखले भने 'ब्यस्त छु' भन्दै ब्यापारिक प्रायोजनका लागि आफूले सिफारिस तथा दर्ता भएकाहरुको संख्या दिन अस्वीकार गरे ।
राजधानी बाहिर मदिरा तथा सूर्तिजन्य पदार्थको खुद्रा विक्रीवितरण गर्नेलाई कोष तथा लेखा नियन्त्रण कार्यालयले एकजहार पाँचसय र थोक विक्रेतका लागि १० हजार लिने गरेको छ । अघिल्लावर्षरुमा मुस्किलसंग दर्ता भएकोमा चालू आर्थिकवर्षो दुई महिनामा १ जनाले थोक विक्रेताको लागिर् इजाजत पत्र लिएको र आउने क्रम जारी रहेको कोलेनिकाका प्रमुख शिवराम महतले वताउनुभयो । लमजुङमा नयाँ तथा पुराना गरि मदिरा तथा सर्ूर्तिजन्य पदार्थको विक्रीवितरणका लागि नयाँ र पुराना गरि ६२ जना खुद्रा विक्रेता रहेको तथ्याङ्क छ ।

Posted on:November 17, 2008, 5:04 am

No comments:

Post a Comment