Tuesday, May 17, 2011

युवाहरुको सक्रियतामा सडक बत्ती

आश गुरुङ 'प्रतीक'- लमजुङ
लमजुङ, पुस ५ गते ।
लमजुङको सदरमुकाम बेसीशहरसँगै जोडिएको गाउँशहर गाउँ विकास समिति वडा नं २ मिलनटोलका दलित युवायुवतीहरुले आफ्नै सक्रियतामा गाउँको बाटोमा सडक बत्ती वालेकाछन् ।
दलित युवायुवतीहरुले गठन गरेको न्यू मिलन युवाक्लबल मिलनटोलको मजुवा खोलादेखि गाउँसम्म ९ वटा सडक बत्ती राखेका हुन् ।
गएको तिहारमा क्बलले देउसी भैलो खेलेर संकलन गरेको ६ हजार ५ सय, क्लबकै खातामा रहेको ८ हजार र स्थानीयबासीसँग संकलन गरिएको १ हजार ५ सय गरी कुल १६ हजार ५० रुपैयाँको लागतमा गाउँमा सडक बत्ती राखिएको क्बलका सचिव विकास परियारले जानकारी दिनुभयो । बत्ती वाल्नका लागि स्थानीयवासिन्दाले तीनमहिनासम्मको महसुल अग्रिम सहयोग गरेका छन् ।
रातको समयमा गाउँमा आउने जानेलाई समस्या भएको र ठाउँ-ठाउँमा बत्ती नभएका कारण अपराधिक गतिविधि बढ्दै गएकाले सडकवत्ती राख्न थालिएको न्यू मिलन युवा क्लबले जनाएको छ । अहिले मिलनटोल क्षेत्र वरीपरि मात्रै विजुली बालिएपनि धार्मिक तथा ऐतिहासिक स्थल गाउँशहर जाने बाटोमा बत्तीहरु थप गर्दै जाने क्लबका अध्यक्ष रामबहादुर परियारले बताउनु भयो ।
सदरमुकाम नजिकै रहेर पनि दलित बस्ती भएकै कारण खासै विकास हुन नसकेकोले आगमी दिनमा गाउँमा परिवर्तन ल्याउने र सचेतना जगाउने उद्देश्यका साथ क्लबले विभिन्न कार्यक्रम गर्दै आएको छ । युवायुवतीको सक्रियतामा गाउँ प्रवेश गर्ने बाटोमा स्वागत वोर्ड राखिएको छ भने गाउँमा रहेका करिब ७५ घरमध्ये अधिकांशमा शौचालय नभएकोले शौचालय निर्माण गर्ने कार्यक्रम गर्न लागिएको क्लबका सचिव विकास परियारले वताउनुभयो ।

Posted on:December 20, 2008, 6:17 am

No comments:

Post a Comment