आश गुरुङ 'प्रतीक'

बीसौँ अन्तराटि्रय बाल अधिकार दिवसको अवसर पारेर लमजुङमा आयोजना गरिएको एक कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारहरुलाई मायाको चिनो प्रदान गरिएको छ ।
जिल्ला विकास समितिको सभागृहमा आयोजना गरिएको जिल्ला बाल क्लब भेलामा वालवालिका संवन्धि लेख रचना साथै समाचारलाई आ-आफ्नो संचारमाध्ययममा प्राथामिकताका साथ प्रशारण/प्रकाशन गरेको भन्दै पत्रकारहरुलाई मायाको चिनो प्रदान गरिएको हो ।
कार्यक्रममा जिल्ला न्यायधिक अच्युतप्रसाद भण्डारी र प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोखरेलले पत्रकारहरुलाई डायरी र कलम प्रदान गर्नुभएको थियो ।
'हामी सवैको सरोकार, नयाँ संविधानमा सुनिश्चित वाल अधिकार' भन्ने मुल नाराका साथ आयोजना गरिएको दर्ुइदिने वाल भेलामा लमजुङ जिल्लाका ६१ गाविसमध्ये ४६ गाविसका एकसय ५० भन्दा बालवालिकाहरु सहभागी भएकाछन् । त्यस्तै गोरखा, तनहुँ, कास्की र स्याङ्जा जिल्लाबाट जिल्ला बाल क्लब संजालका प्रतिनिधि पर्यवेक्षकको उपस्थिति छ । जिल्ला बाल क्लब संजाल र जिल्ला बाल कल्याण समितिको आयोजना भएको भेलाले नयाँ कार्यसमिति चयन गरिने जिल्ला बालक्लब संजालका अध्यक्ष आशबहादुर गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा चेलीबेटी बेचविखन, एचआईभी एड्स, छुतअछुत तथा दुर्व्यावहार सम्बन्धि जनचेतना मुलक वालनाटक, बालगीत र नृत्यहरु समेत प्रस्तुत गरिएको जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत नवीनचन्द्र घिमिरेले जानकारी दिनुभयो ।


Posted on:November 20, 2009, 8:59 am
No comments:
Post a Comment