Tuesday, June 7, 2011

भोर्लेटारमा र्सार्वजनिक सुनुवाई

आश गुरुङ 'प्रतीक'
Sarbajanik sunwai in Bhorletar of Lamjung

लमजुङ, मंसिर १६ गते ।
विकासको गतिले निकै पछाडि परेको पश्चिमी लमजुङको भोर्लेटारमा विद्युत र सडक तथा अन्य विषयमा र्सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल पत्रकार महासंघ लमजुङ शाखा र जिल्ला विकास समितिको आयोजना गरिएको र्सार्वजनिक सुनुवाईमा स्थानीयवासिन्दाले आक्रोस ब्यक्त गरेका थिए । उनीहरुले पश्चिम लमजुङ विद्युत उपभोक्ता समितिका पदाधिकारीहरु तथा ठेकेदारहरु प्रति चर्को आक्रोस ब्यक्त गरेका थिए । २०५४ सालमा पश्चिमी लमजुङका ११ गाविसलाई विद्युतिकरण गर्ने महत्वकांक्षी योजनाका साथ स्थापना भएको समितिले १२ बर्षा समेत विद्युतिकरण गर्न नसकेको भन्दै उनीहरुले चर्को आलोचना गरेका थिए ।


र्सार्वजनिक सुनुवाईमा पश्चिम लमजुङ विद्युतका ठेकेदार र सत्रसय विमिरेभञ्ज्याङ भोर्लेटार सडक निमार्ण समितिका अध्यक्ष उपस्थित भएनन । कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने प्रयास गर्दा चित्त वुझदो उत्तर नआएको भन्दै स्थानीयवासिन्दाले मञ्च अगाडी आक्रोसित भएर विद्युत उपभोक्ता समितिका पदाधिकारीहरु कुटपिटको प्रयास समेत गरेका थिए ।

विद्युतिकरणका लागि गाडिएका पोलहरु कुहिएर ढलेको, ५ वटा ट्रान्सफरमर मिटर त्यसै मिल्काका कारण व्रि्रेको भन्दै स्थानीयवासिन्दाले आक्रोस व्यक्त गरेका थिए । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एकीकृत माओवादीका जिल्ला सचिब मोहोनहरि पौडेल, नेकपा एमालेका सचिब कृष्णप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष किसान संगीत नेपाली, स्थानिय विकास अधिकारी पेशलकुमार पोखरेल, जिल्ला शिक्षा कार्यलयका प्रमुख अम्विका प्रसाद आचार्य लगायतका सरकारी कार्यालयका प्रमुखहरु, राजनीतिक दल लगायतकाको उपस्थिति रहेको थियो ।


इशानेश्वर कुसुम उपत्यका सहकारी संस्थाले कृषि विकास बैंकको सहयोगमा नजिकैको मिदिम खोलाबाट २०४१ सालमा विजुली उत्पादन गरेको थियो । लमजुङ जिल्लामा नै पहिलोपटक बिजुली बलेको भोर्लेटारमा अहिले विजुली बलेको छैन । विद्युत जडान भएको ७ वर्षपनि नवित्दै बाढीले र्इन्टेक बगाउनुका साथै वहुदलीय ब्यवस्थाले सहकारी माथिको अनुदान रोक्का गरेपछि विजुली पूर्ण रुपमा वन्द भएको थियो ।

Posted on:December 1, 2009, 1:31 am

No comments:

Post a Comment