Thursday, June 9, 2011

लमजुङ र मनाङका हिमालहरुमा हिँउँ रित्तिँदै

आश गुरुङ 'प्रतीक',
himal
लजमुङ, माघ ४ गते । जलवायू परिवर्तनका कारण लमजुङ तथा मनाङका हिमालहरुमा हिउँ रित्तिँदै गएको छ । हिमालहरुमा हिउँ पर्न नसकेपछि यतिवेला सेतै देखिने मनमोहक हिमालहरु गएपछि कालो चट्टानमा परिणत भएको छ । मनाङको गंगाचुली, थोराङचुली, लमजुङ र मनाङको सिमानामा पर्ने अन्नपर्ूण्ा हिमश्रृङ्खला, लमजुङ हिमाल, लमजुङको डाक्टर हर्क गुरुङ हिमाल, बुद्ध, लमजुङ र गोरखाको सिमानामा पर्ने मनास्लु लगायतका हिमश्रृङ्खलाहरुका शिखरमा मात्र हिउँ रहेकाछन् भने आधारहरुमा हिउँ रित्तिएकाछन् ।

गतवर्षरुमा यतिवेला माथिल्लो मनाङका खाङ्सार, टंकी मनाङ, मनाङ, भ्राका, ङावल, घ्यारु, पिसाङ लगायतका बाक्लो हिउँ पर्ने गर्दथ्यो । यसपटक हिउँ नपरेका कारण जनवरीदेखि हरेकवर्षजहाज अवतरण बन्द हुँदै आएको मनाङको हुम्डे विमान स्थलमा हिउँ नपरेकै कारण यसपटक बन्द गरिएको छैन ।

लमजुङका २५ सय मिटरका उच्च अग्ला डाँडाहरुमात्र नभएर सदरमुकाम वेसीशहर वरपरका डाँडासमेत सेता हिउँले ढाकिएको हुनुपर्नेमा यसपटक हिउँ परेको छैन ।

जलवायू परिवर्तनको कारण हिउँ नपरेकाले मनाङ र लमजुङका वासिन्दा हिउँदे अन्नवाली, फलफूल वाली तथा तरकारी वाली लाउन र फलाउन समस्या परको छ ।
Posted on:January 17, 2010, 9:05 pm

No comments:

Post a Comment