Tuesday, June 7, 2011

शान्तिको कामनागर्दै १६ झण्डा फर्फाए

आश गुरुङ 'प्रतीक',

लमजुङ, माघ ३ गते । घरघर र देशमा शान्तिको कामना गर्दै लमजुङको ढोडेनी गाउँ विकास समितिका तामाङहरुले घरघरमा लुङ्दार अर्थात झण्डा फर्फाएकाछन् । २८४६ औँ सोनाम ल्होसारको अवसर पारेर ढोडेनी २, ढाँडमा आयोजना गरिएको कार्यक्रममा लामा गुरुहरुले १६ वटा लुङ्दारलाई एकैठाउँमा जम्मा गरेर घरघरमा बाँडेकाछन् । स्थानीय लामा गुरु जीत बहादुर तामाङ र कुमबहादुर तामाङले पूजापाठ गरेका थिए । घरघरमा बाँडिएको झण्डाले सवै जातजातीबीच सद्भाव कायम र जारी हत्या हिंसामा कमी आउने विश्वास गरिएको छ । सो अवसरमा स्थानीयवासिन्दाले विविधि खेलकुद तथा साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरेका थिए ।

सोनाम ल्होसारको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा छेलो प्रतियोगितातर्फबन्सार ५, हिलेका कर्ण्र्ााादुर तामाङ प्रथम र ढोडेनी ३, काल्चेका धनबहादुर गुरुङ द्वितीय भएकाछन् । त्यस्तै, बालुनतर्फसरस्वती युवा क्लब ढोडेनी १, सराञ्चोक, घाँटू तर्फदोर्दी हिमालय युवा क्बल ढोडेनी ३, काल्चे, झाँक्रीतर्फढोडेनी ३, काल्चेका प्रेमबहादुर तामाङ र लामा नाचतर्फढोडेनी ४ घलेगाउँका देउबहादुर घले र कान्छा घले प्रथम भएकाछन् । प्रतियोगितामा ढोडेनी ४, आयुङका सोमबहादुर तामाङ द्वितीय भएकाछन् ।

समापन कार्यक्रममा नेपाल तामाङ घेदुङका सदस्य लालबहादुर तामाङ र मानवअधिकारकर्मी एवं इन्सेक प्रतिनिधि कृष्णप्रसाद अधिकारीले विजयीलाई पुरस्कार वितरण गरेका थिए । उद्घाटन सत्रमा लालबहादुर तामाङ, जिविसका पर्ूव सभापति गजबहादुर गुरुङ, नेकपा एमाले सदस्य शेरबहादुर बागटी, एकीकृत माओवादीका सुब्बा गुरुङ, प्ररायु संघका डिल्लीराम भारती लगायतले मन्तब्य राखेका थिए । सिद्वज्योति युवा क्लब, बाल क्लब र नेपाल तामाङ घेदुङको आयोजना आयोजित कार्यक्रम क्लबका अध्यक्ष राजन तामाङको सभापतित्वमा भएको थियो ।
Posted on:January 17, 2010, 12:35 am

No comments:

Post a Comment