Thursday, June 16, 2011

लमजुङ कारागार एक वर्षेखि प्रमुख बीहिन

आश गुरुङ 'प्रतीक',
कामकाज ठप्प
लमजुङ, जेठ ३० गते । एक वर्षेखि कार्यालय प्रमुख बीहिन बनेको लमजुङ जिल्ला कारागारमा अझै पदपर्ूर्ति हुन सकेको छैन । कार्यालय प्रमुख बीहिन भएपछि कारागरभित्र गतिविधि हुन नसक्दा बन्दीहरुको समस्या ज्युँका त्यू रहेको छ । कार्यालय प्रमुखको जिम्मा सम्हाल्दै आएका खरिदार नेत्रराज अधिकारी विभागीय कार्वाहीमा परेपछि गतवर्षो जेठ महिनाबाट कारागार प्रमुख बीहिन बनेको हो । उनको ठाउँमा मन्त्रालयले हरिश्चन्द्र पौडेललाई काजमा पठाएपनि उनी एक पटक समेत जिल्ला आएनन् ।

अहिले कारागारमा पियनबाहेक सुब्बा, खरिदार र लेखापालको तीनवटै पद खाली छ । हाल एक सह लेखापालसहित तीनजना कार्यालय सहायकमात्र कारागारमा कार्यरत छन् । पद पर्ूर्तिका लागि पटक पटक केन्द्र र क्षेत्रमा लिखित तथा मौखिक माग गर्दै आएपनि सुनुवाई नभएको प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले वताए । हाल जिल्ला प्रशासनकै शाखा अधिकृत तर्ीथबहादुर अधिकारीलाई कारागारको पनि काम हर्ेर्ने जिम्मा दिईएको छ ।

'धेरै गाह्रो छ' अधिकारीले भने, 'प्रशासनमा पनि उस्तै चाप, कारागारमा पनि ।' दोहोरो जिम्मेवारी हर्ेर्नुपरेपनि उनलाई थप सुवधा भने छैन । उनले अहिले विहान १० र साँझ ५ बजे दैनिक रुपमा कारागारमा छिर्ने गरेकाछन् । दिनमा दर्ुइपटक गएर समस्या बुझ्ने र अडि्कएका कामहरु गरिदिने गरेको उनी वताउँछन् ।

कारागारमा नियमित जिम्मेवार कर्मचारी नभएपछि काममा बाधा भएको पियनहरु वताउँछन् । 'सामान्य काम त हामी मिलेर गर्दै आएका छौँ', पियन सुनिता तामालेङ भनिन्, 'अपरझट कानुनी र प्रशासनिक काम परे गाह्रो हुन्छ ।'

कार्यालयमा प्रमुख नहुँदा आफ्नो मागहरु सुनुवाई नभएको बन्दीहरुको गुनासो छ । दर्ुइवर्षअघिदेखि ज्यान मुद्धामा कारागारमा बस्दै आएकी तनहुँ भानुकी कुमारी रानामगरले बन्दीहरुलाई धेरै समस्या भएको वताईन् । 'चिसो भुइँमा सुत्नर्ुपर्छ, फर्निचर छैन, खेलकुद सामाग्री र संचारसामाग्री छैन', उनले भनिन् 'समस्याका बारेमा धेरै कुरा राखे हाकिम छैन मात्रै भन्छ ।' उनले दर्ुइ वर्षो अवधिमा कुनै पनि किसिमको सीपमुलक तालिम नभएको वताईन् ।

लमजुङ कारागारमा हाल दर्ुइ महिलासहित २३ जना बन्दीहरु छन् ।



Posted on:June 13, 2010, 7:12 am

No comments:

Post a Comment