Thursday, June 16, 2011

माथिल्लो मर्स्याङ्दीको डीपीआर मन्त्रालयमा

आश गुरुङ 'प्रतीक',
काम गर्न दिन्नौ : माओवादी

लमजुङ, जेठ २७ गते । एकीकृत माओवादीको अवरोधका बावजुद ६ सय मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी-२ जलविद्युत परियोजनाले डीपीआर -विस्तृत अध्ययन र्सर्भे) रिपोर्ट उर्जा मन्त्रालय र विद्युत विभागमा बुझाईएको छ ।

१० प्रतिशत र्सर्भे बाँकी रहँदा माओवादी सम्मिलित तमू राष्ट्रिय मुक्ति मोर्चाले झण्डा गाडेर अवरोध गर्दै आएको परियोजनाले सुटुक्क उर्जा मन्त्रालय तथा विद्युत विकासमा डीपीआर बुझाएको हो ।

प्राविधिक पक्ष अन्तरगतको ९० प्रतिशत डीपीआरको रिपोर्टलाई आर्थिक तथा वातावरणीय प्रभाव मुल्याङ्कन रिपोर्ट बुझाउन बाँकी रहेको र त्यसका लागि तयारी भईरहेको परियोजनाका प्रवन्धक रामहरि शर्माले वताए । श्रोतका अनुसार एकीकृत माओवादीको बाबजुद पनि वातावरणीय प्रभाव मुल्याङ्कनको रिपोर्ट बुझाउने तयारी भईरहेको छ । 'प्राविधिक काम मात्रै एकीकृत मओवादीले रोकेको हो' परियोजना प्रवन्धक शर्माले भने, 'अन्य अफिसियल काम त भईरहेको छ ।' परियोजनाका अनुसार अघिल्लो साता मात्र उर्जा मन्त्रालय तथा विद्युत विभागमा डीपीआर बुझाएको हो ।

यता, स्थानीयवासिन्दाको अधिकार कायम नगरिएको र राष्ट्रको हित विपरित भएको भन्दै परियोजनाको डीपीआर कार्य बन्द गराएको माओवादीसंवद्ध तमू राष्ट्रि मुक्ति मोर्चाले कुनैपनि कुरा जवर्जस्ती नगर्न चेतावनी दिएको छ । एकीकृत माओवादी-संविधान सभा सदस्य एवं तमू राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य बुद्धिराम तमूले कुनैपनि कार्य जवर्जस्ती गरे त्यसको परिणाम पनि जवर्जस्ती नै हुने चेतावनी दिए । 'सहमति भए सहमति नै हुन्छ, जवर्जस्ती भए त्यसको परिणाम पनि जवर्जस्ती नै हुन्छ ।' त्यस्तै, परियोजना बन्द गर्न डीपीआर र्सर्भेस्थल पुगेका एकीकृत माओवादी लमजुङका सेक्रेटरी मोहनहरि पौडेलले सहमतिमा गए सवै समस्याको समाधान हुने वताए । परियोजनाले जवर्जतस्ती स्थलगत कार्य गरे त्यसका लागि जनता चुप लागेर नबस्ने उनको भनाई छ ।

भारतीय पर््राईभेटक कम्पनी जीएमआरको ८० र २० प्रतिशत नेपालीको लगानीमा निर्माण हुन लागेको माथिल्लो मर्स्याङ्दी २, जलविद्युत आयोजनाको डीपीआर अध्ययनकार्य एकीकृत माओवादी सम्मिलित तमू राष्ट्रिय मुक्ति मोर्चाले झण्डा गाढेपछि फागुन ४ गतेदेखि पर्ूण्ा रुपमा बन्द छ ।

परियोजनाको अध्ययनको क्रममा रहेको ९ सय मेगावाट क्षमताको माथिल्लो कर्ण्ााली र ७ सय ५० मेगावाटको पश्चिम सेतीपछिको माथिल्लो मर्स्याङ्दी जलविद्युत परियोजना तेश्रो ठूलो परियोजना हो ।



Posted on:June 12, 2010, 4:36 am

No comments:

Post a Comment