Monday, June 6, 2011

आधार शिविरहरुमा हिमपात

आश गुरुङ 'प्रतीक'
Besishahar, Lamjung.com

























लमजुङ, कार्तिक २६ गते ।
लमजुङको उच्च हिमाली क्षेत्रमा गएरातीदेखि सामान्य हिमपात भएको छ ।
लमजुङ हिमाल, अन्नपूर्ण दोश्रो, मनास्लु, डाक्टर हर्क गुरुङ, हिमालचुली लगायत हिमश्रृङ्खलाका आधार शिविरहरुमा हिमपात भएको हो ।

हिमाली क्षेत्रमा भएको हिमपात र आकाशमा कालो बादल मडारिएका कारण लमजुङको उत्तरी क्षेत्र र सदरमुकाम वेसीशहरमा एक्कासी जाडो बढेको छ ।

हिमपात र मौसममा आएको परिवर्तनका कारण उत्तरी लमजुङका ताघ्रिङ, घेर्मु, वाहुनडाँडा, भुल्भुले साथै पश्चिमोत्तरका भुजुङ, घनपोखरा, उत्तरकन्या गाविसका वासिन्दाको जनजीवन साविकको तुलानामा कष्टकर बनेको छ ।

तस्वीरमाः लमजुङको उच्च हिमाली क्षेत्रको आधार शिविरमा हिउँ पर्न थालेपछि आकाशमा मडारिएको बादलसंग चिसिएको वेसीशहर बजार ।

Posted on:November 12, 2009, 7:37 am

No comments:

Post a Comment