Monday, June 6, 2011

बाह्र बर्षछि लमजुङ एमालेमा नयाँ नेतृत्व

आश गुरुङ 'प्रतीक'
Jamindra Man Ghaleलमजुङ, कार्तिक २२ गते ।
नेकपा एमाले जिल्ला कमिटि लमजुङको छैटौँ अधिवेशनवाट जमिन्द्रमान घले अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
प्रतिद्वन्दी धनञ्जय दवाडीलाई १० मत अन्तरले पछाडि पार्दै एकसय ५० मत प्राप्त गरि जिल्ला विकास समितिका पूर्व सभापति समेत रहुनुभएका घले अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । एमाले लमजुङमा १२ वर्षछि नयाँ नेतृत्व फेरिएको हो । यसअघि तीन कार्यकाल सचिवको पदमा रहेर मायानाथ अधिकारीले एमाले लमजुङको नेतृत्व गर्दै आउनुभएको थियो ।


आज आईतवार सम्पन्न अधिवेशनमा प्रतिद्वन्दी दीपा गुरुङलाई ७० मतअन्तरले उछिन्दै गुमानसिंह अर्याल एकसय ८० मतका साथ उपाध्यक्षमा, फूलवहादुर थापालाई ८१ मतले पछि पार्दै एकसय ८४ मत प्राप्त गरि कृष्णप्रसाद अधिकारी सचिव र सिंहबहादुर थापालाई ३६ मतले पराजित गर्दै एकसय ५९ मत ल्याएर भीमबहादुर गुरुङ सहसचिवमा निर्वाचित भएकाछन् । र्
इलाका नं. २ वाट केशरबहादुर खत्री, ३ वाट लोकराज पाण्डे, ४ बाट राजकुमार श्रेष्ठ, ५ वाट कृष्णप्रसाद पौडेल ६ बाट बलराम गुरुङ, ९ बाट लोकतारा घिमिरे १० बाट ओमबहादुर न्यौपाने निर्विरोध भएकाछन् । त्यस्तैर्,र् इलाका नं. १ वाट शुभाष पौडेल, ७ बाट जीतबहादुर गुरुङ, ८ बाट जीवराज घले र ११ बाट दामोदर घिमिरे निर्वाचित भएका छन् ।


त्यस्तै खुल्ला पुरुषतर्फराजेन्द्र बोहरा, धर्मराज श्रेष्ठ, जनक मिश्र, लिलाधर सापकोटा र बमबहादुर थापा निर्वाचित भएकाछन् भने महिलातर्फप्रतिभा सापकोटा, रामकुमारी न्यौपाने, लक्ष्मी अधिकारी र यशोधा रिमाल निर्वाचित भएकाछन् । त्यस्तै खुल्ला दलित पुरुषतर्फरबीन विश्वकर्मा र महिलातर्फविष्णु विश्वकर्मा निर्वाचित भएकाछन् । आदिवासी जनजातितर्फलमजुङ क्षेत्र नं. १ वाट भोजबहादुर गुरुङ निर्वाचित भएकाछन् भने क्षेत्र नं. २ बाट प्रेमबहादुर घले निर्विरोध बनेकाछन् । महिलातर्फक्षेत्र नं. १ वाट लोका अधिकारी र क्षेत्र नं. २ वाट कमला अधिकारी, जनजाति महिलातर्फक्षेत्र नं. १ बाट सरस्वती गुरुङ र २ बाट विष्णुमाया रानामगर साथै दलिततर्फक्षेत्र नं. १ वाट नन्दराम विश्वकर्मा र क्षेत्र नं. २ वाट रामचन्द्र बुढाप्रीथि निर्वाचित भएकाछन् । मजदुर र अल्पसंख्यकवाट पछि मनोनित गरिने एमालेले जनाएको छ ।


निर्वाचित जिल्ला कमिटिका नयाँ पदाधिकारीहरुलाई एमाले पोलिटव्यूरो सदस्य एंव पूर्व मन्त्री पृथ्वी सुब्बा गुरुङले सपथ गराउनुभएको थियो । सो अवसरमा नव निर्वाचित अध्यक्ष घलेले पार्टीका सवै र्समर्थक, शुभचिन्तक तथा मतदाताहरुलाई धन्यावाद दिँदै सवैका विचारलाई सम्मान गर्ने र पार्टीलाई अझ मजबुद वनाउँदै लाने प्रतिबद्धता ब्यक्त गर्नुभयो । त्यस्तै, अध्यक्षका प्रत्यासी दवाडीले नवनिर्वाचित अध्यक्षसहितको कमिटिलाई बधाई ज्ञापन गर्दै आफ्नो हारलाई सामन्य रुपमा लिँदै पार्टीले सुम्पेको कुनैपनि जिम्मेवारी पुरा गर्न आफू प्रतिबद्ध रहेको वताउनुभयो । आज आईतवार विहान सकिएको अधिवेशनमा एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य खगराज अधिकारी, केन्द्रीय सदस्य टुका हमाल, निवर्तमान जिल्ला सचिब मायानाथ अधिकारी लगायतको उपस्थिति थियो ।

Posted on:November 8, 2009, 5:24 am

No comments:

Post a Comment