Sunday, June 5, 2011

एचआईभी र एड्स प्रशिक्षक प्रशिक्षण शुरु

आश गुरुङ 'प्रतीक'
HIV testing traning in Lamjungलमजुङ, साउन ९ गते ।
लमजुङ सदरमुकाम वेसीशहरमा आज शुक्रवारदेखि एचआईभी र एड्सवारे छ दिने प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ ।
एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तरगत नौलो घुम्ती, नेपालको आयोजनामा शुरु गरिएको कार्यक्रममा विकट गाविसका २४ जना सहभागी छन् ।


पूर्वी लमजुङको फलेनी, ढोडेनी र पाचोक गाविसका युवायुवतीदेखि आमा समूह, शिक्षकशिक्षिका साथै स्वास्थ्य कार्यकर्ता तालिममा सहभागि छन् । कार्यक्रमको एक समारोहवीच जिल्ला विकास समिति लमजुङका योजना अधिकृत देवबहादुर अधिकारीले एक समारोहबीच उद्घाटन गर्नुभएको थियो । तालिममा जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङमा प्रमुख टंकप्रसाद चापागाइँसहित जनस्वास्थ्यमा कार्यतर लक्ष्मण वसौला, झलक पौडेल र त्रिलोक गुरुङले प्रशिक्षण दिएकाछन् । प्रशिक्षकहरुले तालिम लिएपछि गाउँगाउँमा गएर एचआईभी र एड्सवारे जनचेतना दिने नौलो घुम्तीका कार्यक्रम संयोजक किसानबहादुर गुरुङले जानकारी दिनुभएको छ ।


उदघाटन कार्यक्रममा जिल्ला जनस्वास्य प्रमुख चापागाइँ, निमित्त जिल्ला शिक्षा अधिकारी पूर्णबहादुर अछामी, जिल्ला एड्स समन्वय समितिका कार्यक्रम संयोजक विष्णुबहादुर थापा, गैरसरकारी संस्था महासंघका अध्यक्ष राजेन्द्र बोहोरा, नेपाल रेडक्रस सोर्साईटीका अध्यक्ष अर्जुन पराजुली, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष किसान 'संगीत' नेपाली, नौलो घुम्ती नेपालका फिल्ड अधिकृत रोशन अधिकारी लगायतले लमजुङमा एचआईभी एड्स संक्रमितहरुको अवस्था विकराल रुपमा देखिँदै गएकोले संवन्धित निकाय र र्सवसाधारण चनाखो भएकाले सचेत हुनुपर्ने धारणा राखेका थिए ।


कार्यक्रम नौलो घुम्ती नेपालका सचिव पदमराज पहारीको सभापतित्वमा भाएको थियो । तालिम आगामी १४ गते सकिने नौलो घुम्ती अन्तरगत असल छिमेकी सहयोग संघ गोनेसाका लमजुङ फिल्ड सहजकर्ता शुभाष पौडेलले जानकारी दिनुभएको छ ।

Posted on:July 24, 2009, 4:48 am

No comments:

Post a Comment