Sunday, June 5, 2011

धान रोप्न पाएनन् किसानले

आश गुरुङ 'प्रतीक'
Planting rice in Ngadi, Lamjungलमजुङ, साउन ९ गते ।
साउन महिनाको दोश्रो साता वित्न लाग्दा पनि लमजुङको दक्षिणीपश्चिमी भेगमा रोपाइँ हुन सकेको छैन ।
दक्षिण पश्चिमी लमजुङको सूर्यपाल, तान्द्राङ टक्सार, रम्घा, समिभञ्ज्याङ, जीता लगायत एकदर्जन भन्दा बढी गाउँ विकास समितिमा पानी नपरेपछि धान रोपाइँ कार्य हुन नसकेको हो ।


यसअघि आकाशेपानीको भरमा धान केहीमात्रामा धान रोपेपनि खेतहरु सवै धाजा फाटेकाछन् भने विउ पहेँलै भएर मरेका स्थानीय किसानहरुले वताएकाछन् । पानी नपरेपछि मुल फ्ट्न नसक्दा भएका सिँचाई योजनामा खोलाको पानी समेत आउन सकेको छैन । कषि विकास कार्यलय लमजुङले अन्य जिल्लाको तुलनामा लमजुङमा धेरै रोपाइँ भएको दावी गर्दै करिब ३० प्रतिशत खेतमा मात्र रोपाइँ हुन नसकेको जनाएको छ । कार्यलयका वागवानी अधिकृत डोल कृष्ण सुवेदीले विगतको वर्षरुमा जस्तै समयमा रोपाइँकार्य सकिने दावी गरेकाछन् ।


यता, लगातार परेको वर्षाका कारण उत्तरी लमजुङका किसानहरु भने आकाशे पानीमा रोपाइँ गर्न पाएपछि निक्कै खुसी भएकाछन् । उत्तरी लमजुङको बाहुनडाँडा, भुलभुले, ताघ्रिङ, घर्ेर्मू, खुदी लगायतका गाविसमा अहिले सजिलैसंग रोपाइँकार्य भईरहेको स्थानीय किसानहरुले वताएकाछन् । उत्तरी लमजुङको घनपोखरा गाउँ विकास समिति वडा नं. ८ स्थित धातुका वासिन्दाहरु गाउँमा सिँचाई आयोजना निर्माण भएपछि हषिर्तछन् । कृषि विकास कार्यलयकोे ४० हजार अनुदान र १६ हजार जनश्रमदानबाट धातुका वासिन्दाहरुले धातु सिँचाइ योजना सम्पन्न गरपछि विगतमा आकाशे भरमा खेतमा रोपाइ गर्दै आएका स्थानीय किसानहरुले असारमा नै रोपाइ गर्न सफल भएकोे उपभोक्ता समितिका अध्यक्ष खड्ग वहादुर गुरुङले जानकारी दिनुभएको छ ।


तस्वीरमा उत्तरी लमजुङको भुलभुले गाविसको ङादीमा धान रोप्दै स्थानीय किसानहरु । तस्वीरः आश गुरुङ 'प्रतीक'

Posted on:July 23, 2009, 9:24 pm

No comments:

Post a Comment