Tuesday, June 7, 2011

लमजुङको सुन्दरबजारमा सूचना केन्द्र स्थापना

आश गुरुङ 'प्रतीक'
लमजुङ, मंसिर २२ गते ।
लमजुङको नगरोन्मुख शहर सुन्दरबजारमा सामुदायिक सूचना केन्द्र अर्थातर् इ-सेन्टर स्थापना गरिएको छ ।
नेपाल सरकार सूचना तथा संचार मन्त्रालय, एशियाली विकास बैंक र एशिया प्यासिफिकका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक, सामाजिक आयोगको सहयोगमा सूचना केन्द्र स्थापना भएको हो ।

ग्रामीण भेगका समुदायलाई कृषि, सशक्तिकरण, रोजगार लागयतका विषयमा जिल्ला, क्षेत्रीय तथा केन्द्रीय सूचना प्रवाह गर्ने उद्देश्यका साथ सूचना केन्द्र स्थापना गरिएको मिलन शान्ति युवा क्लब सुन्दबरबजारका सचिव परमेश्वर अधिकारीले जानकारी दिनुभएयो ।
र्इ-सेन्टर अर्थात सामुदायिक सूचना केन्द्र नेपालका अन्य पाँच जिल्लार् इलाम, काठमाडौँ, रसुवा, दाङ र कैलालीमा पनि यस्तै प्रकारले संचालनमा ल्याईएको छ ।

लमजुङ सदरमुकाम वेसीशहरवाट १८ किलोमीटर टाढाको दुरीमा रहेको सुन्दरबजारमा सूचना केन्द्र स्थापना भएपछि स्थानीयवासिन्दा खुसी भएकाछन् ।


सूचना केन्द्रले स्थानीयवासिन्दालाई र्इन्टरनेट, फ्याक्स, फोटोकपी, टेलिफोन लगायतका सेवा उपलब्ध गराउने मिलन शान्ति युवा क्लबले जनाएको छ । स्थानीयवासिन्दालाई सूचना केन्द्रले कम्प्युटर तथा विभिन्न पत्रपत्रिका, टेलिभिजन, रेडियो साथै विभिन्न संघ संस्थाबाट प्रकाशित सामाग्रीहरु बाट सूचना संकलन गरि प्रवाह गर्नेछन् ।




Posted on:December 6, 2009, 10:40 pm

No comments:

Post a Comment