Tuesday, June 7, 2011

पिया स्मृति पुरस्कार सरललाई

आश गुरुङ 'प्रतीक'
Yad Nath 'Saral'लमजुङ, मंसिर १६ गते ।
यसवर्षो स्वर्गीय रमेशकुमार पिया स्मृति पुरस्कार सहित्यकार यदुनाथ ढुङ्गाना 'सरल' लाई प्रदान गरिएको छ ।
हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङले स्वर्गीय पियाको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोखरेलले साहित्यकार 'सरल'लाई पुरस्कार वितरण गरेका थिए ।

पुरस्कारस्वरुप ७९ वषिर्य साहित्यकार 'सरल' ले सम्मान पत्रसहित तीनहजार तीनसय ३३ रुपैँया पाएकाछन् । हरेक वर्षहिमालचुली कला साहित्य प्रतिष्ठानले कला साहित्यमा विशेष योगदान पुर्‍याएबापत प्रदान गरिने यो पुरस्कारलाई पियापरिवारले प्रायोजन गर्दै आएकाछन् । पुरस्कारवाट गतवर्षगुरुर्ङर् इतिहासकार एवं साहित्यकार्रर् इन्द्रबहादुर गुरुङ सम्मानित भएका थिए ।

कार्यक्रममा लागू पदार्थ दुर्व्यर्सन विरुद्धको सचेतना कविता प्रतियोगितामा प्रथम भएका वेसीशहरस्थित भूपू सैनिक आवासीय उमाविका वीपिन भण्डारी, द्धितीय हुने फ्यूचर स्टार आवासीय माविका दीपक पौडेल र तृतीय हुने सस्कृति सदन मावि दुराडाँडाका आशिष खनियालाई पुरस्कृत गरिएको थियो ।


हिमाल चुली कला साहित्य प्रतिष्ठान लमजुङका अध्यक्ष आनन्द घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले उपाध्यक्ष गुमानसिंह अर्याल, एमाले पूर्व सचिव मायानाथ अधिकारी, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष किसान संगीत नेपाली, कालिका माइक्रो वस व्यवसायी संघका अध्यक्ष पूर्ण लाल श्रेष्ठ, नविनचन्द्र घिमिरे लगायतकाले स्वर्गीय पियाको साहित्यक, व्यक्तित्वको वारेमा चर्चा गरेका थिए ।

हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङको संस्थापक उपाध्यक्ष रुपमा रहेका साहित्यकार रमेशकुमार पियाको ०६४ साल मंसिर ११ गते काठमाडौँमा निधन भएको थियो ।

Posted on:December 1, 2009, 1:42 am

No comments:

Post a Comment