Sunday, June 5, 2011

अझै चैन छैन खुदी बजारवासीलाई

आश गुरुङ 'प्रतीक'
Land slide in khudi, Lamjungलमजुङ, साउन १५ गते ।
वस्ती नजिकै बगेको खुदी खोला अलि जोडले कराउन थालेपछि उनीहरुको मन काम्न थाल्छ । खोला जोडले कराउने वित्तिकै बाढी पहिरो आएर घरवारी नै बगाउँछ या ज्यानै समेत लान्छ कि भन्ने चिन्तालाई उनीहरुलाई सताईरहन्छ ।
'अगुल्टोले हानेको कुकुर विजुली चम्कँदा तर्सन्छ' भने झैँ उनीहरु सँधै डर्राईरहेकाछन् । गत वर्षो भदौमा अविरल वर्षा हुँदा खुदीखोलामा आएको बाढीले घरखेतमा क्षति पुर्याएपछि उनीहरु विस्थापित भएका थिए । हिउँदा लागेपछि घर त फर्केकाछन् उनीहरु । तर, वर्षो भेल उर्लिनेको कुनै समय थाह नहुँदा उनीहरुलाई चैन छैन, रातभर सुत्न समेत सकेका छैनन् ।


गतसालको बाढीले बगरको उत्तरतर्फमानववस्ती हानेपछि हानेपछि खुदी गाविसको खुदीबजार र सिम्पानी गाविसको पूर्वेलीटोलका गरी १५ भन्दा घरपरिवार विस्थापित भएका थिए । 'खोलामा थुनछेक गरेको छैन पानी परेपछि अझै पनि खोलामा बाढी आएर घरवारी नै लैजाने हो कि भन्ने चिन्ताले सताइरहन्छ' स्थानीय लेखमान कतिला भन्छन्, 'आकाशमा कालो बादल मडारिने वित्तिकै डर लाग्छ ।'
बाढी आएपछि खोलाले भङ्गालो नै परिवर्तन गरी बजारतर्फहानेपछि बजारक्षेत्रमा निकै कटान गरेको छ । स्थानीय गणेश तामाङ भन्छन्, 'खोलालाई पुरानै अवस्थामा बहने वातावरण बनाउन सके राति आरामसंग निन्द्र पथ्र्यो ।'Khudi ma khudi khola ko pairo


बाढीले कटान गरेका कारण खुदीस्थित खुदी उपस्वास्थ्य चौकी, प्रहरी चौकी र कृषि सेवा केन्द्र पनि खतरामा परेको छ । बाढीले कटान गरेका कारण उपस्वास्थ्य चौकी स्थानीय देवेन्द्र भण्डारीको घरमा सारिएको छ । पुरानो भवन पहिरोले लैजाने खतराका कारण स्वास्थ्य केन्द्र सारिएको र नयाँ भवन बन्न पनि २/३ बर्षलाग्ने भएकाले भाडाको घरको सिमित कोठामा स्वास्थ्य केन्द्र सञ्चालन गरिएको स्वास्थ्य चौकीका प्रमुख परमेश्वर पिया वताउँछन् ।


खुदी खोलमा आएको बाढीले गतसाल खुदी जलविद्युत आयोजना बगाएको थियो । अहिले पनि आयोजनाकोर् इन्टेकमा क्षति पुर्याएको छ । बाढीका कारणर् इन्टेका ढुङ्गामुढा र बालुवा भरेपछि आयोजना बन्द छ ।
तस्वीरमा १) खुदीखोलाले कटान गरेपछि जोखिममा रहेको खुदीबजार ।
२) खुदीखोलाको कटानसँगै गएको पहिरोले तान्न लागेको खुदी उपस्वास्थ्य चौकी ।

Posted on:July 30, 2009, 6:15 am

No comments:

Post a Comment