Sunday, June 5, 2011

लमजुङमा स्लाईसको बोत्तलमा पुकार भेट्टीयो

आश गुरुङ 'प्रतीक'
Gutka found in side the Slice bottle in Lamjung Besishaharलमजुङ, साउन २१ गते ।
लमजुङको सदरमुकाम वेसीशहरको एक रेष्टुरेन्टवाट स्लाईस नामक पेय पदार्थको शिलबन्दी बोत्तलभित्र पुकार नामक गुट्खा भेटिएको छ ।
वेसीशहरको शेराबजारस्थित मिलन रेष्टुरेन्टमा पेय पदार्थ पिउनका लागि पुगेका स्थानीय ऋषि वस्नेत लगायतका युवाहरुसंग स्लाईसको बोत्तलमा पुकार नामक गुट्खा भेट्टीएको हो ।



बरुण बेभरेजेज नेपाल प्रार्इभेट लिमिटेड सिनामङ्गल, कोटेश्वर काठमाडौँवाट उत्पादित तथा वितरित स्लाईसको बोत्तलमा यसअघि पनि सिसा, बच्चालाई दूध चुसाउने भाँडा, कपडा लगायतका अखाद्य वस्तु भेटिएको र डिलर आएर खोजतलास गरि नष्ट गरेको युवाहरुले वताएकाछन् । बरुण बेभरेजले पेप्सी, मिरिन्डा, ड्यू, सेभेन अप लगायतका पेय पदार्थ उत्पादन गरेर विक्रीवितरण गर्दै आएको छ ।



वेसीशहर बजारमा देखिएको स्लाईसलाई अहिले युवाहरुले नै राखेकाछन् । कम्पनीसंग मिलेमतो गरेर घटनालाई लुकाउन सक्ने आशंका गर्दै प्रहरीले माग्दा समेत युवाहरुले दिएका छैनन् । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले र्सवसाधारणको जीवनमाथि खेलवाड गर्ने जो कोही र दोषीमाथि कानुनी कार्वाही गरिने वताउनुभएको छ ।

Posted on:August 6, 2009, 9:05 pm

No comments:

Post a Comment