Thursday, June 9, 2011

अझै सोनाम ल्होसार

नरमाया तामाङ
तस्वीरः आश गुरुङ 'प्रतीक'
sonam lhochhar
sonam lhochhar
नेपाल बहुजाती र बहुधार्मिक मुलुक हो । धर्म निरपेक्ष राष्ट्र घोषणा भएपछि एक हदसम्म यहाँका आदिवासी जनजातिले आफ्ना कला र संस्कृतिलाई उजागर गर्ने मौका पाएकाछन् र चाडवाड पनि मनाउन पाएकाछन् ।

सरकारले सरकारी विदा दिन थालेपछि आदिवासी जनजाती मध्येको तामाङ समुदायले सोनाम ल्होसारलाई विशेष प्रकारले मनाउन थालेकाछन् । केही वर्षघिसम्म कहीँ कतैमात्र मनाईने ल्होसार अहिले घरआँगनदेखि टोलटोल र शहरबजारमा धुमधामसंग मनाउन थालेकाछन् ।

तिथि र मितिको रुपमा यसवर्षो २८४६ औँ सोनाम ल्होसार माघ २ गते परेको थियो । तर, ल्होसारको दिनले घरआँगनवाट विदा लिएपनि तामाङ समुदायमा यसको रन्को अझै मेटिएको छैन । अहिलेपनि सदरमुकाम वेसीशहर लगायतका शहरबजार र ग्रामीण क्षेत्रमा आफ्नाआफन्तसंगको भेटघाट, राम्राराम्रा लुगा लाउने र मीठा मीठा परिकार बनाएर सामुहिक रुपमा खाने गरिएको नेपाल तामाङ घेदुङ लमजुङका अध्यक्षर् इमानसिंह तामाङले वताउनुभयो ।

ल्होसारकै अवसर पारेर नेपाल तामाङ घेदुङले मंगलवार आफ्नै भवनमा भोजको कार्यक्रम गर्‍यो । त्यस्तै, त्रिवेणी टोल, ठाडोलाईन लगायतका टोलटोलमा पनि ल्होसार कार्यक्रम भयो । ल्होसारको कार्यक्रममा उनीहरुले वर्षरिका दुःखलाई विर्षोर धोको पुग्ने गरि गीत गाए र छम्छमी नाचे । ग्रामीण क्षेत्र ढोडेनी, नौथर, खुदी, भुलभुले, बाँझाखेत लगायतका गाविसमा पनि पोहोरपरारभन्दा यसपटक धुमधामसंग मनाईयो, यसपटकको सोनाम ल्होसार ।

तामाङ सामुदायमा लामा गुरुहरुवाट पूजाआजा गर्नुका साथै घरघरमा टिका लगाएर, राम्राराम्रा लुगा लगाएर, चेलीवेटीलाई खाना खुवाएर, मीठामीठा परिकार खुवाएर ल्होसार मनाउने चलन छ । यसपटकको ल्होसार गत वर्षरुमा भन्दा भिन्दै र रमाईलो तरिकाले मनाएको वताउनुहुन्छ, वेसीशहर सातविसेका सरिता तामाङ ।

तामाङहरुको १२ वटा वर्गचक्रमध्ये माघ २ गतेदेखि ता ल्हो अर्थात बाघ बर्ग प्रारम्भ भएको छ भने लाङ् ल्हो अर्थात गाई बर्गलाई विदाई गरिएको छ । पुरानालाई विदाई र नयाँलाई स्वागत गरिए झैँ तामाङहरुले नयाँ नेपालको नयाँ संरचना पनि छिट्टै खोजेकाछन् ।

Posted on:January 19, 2010, 6:57 am

No comments:

Post a Comment