९ माघ नेपाल तमु विद्यार्थी छोज धी जिल्ला कार्यसमिति रुपन्देहीले ढेढो भनभोज -स्योँकै) कार्यक्रम सम्पन्न गरेको छ । संस्कृति बचाउनका लागि भन्दै उसले गएको शुक्रवार बनभोज कार्यक्रम सम्पन्न गरेको छ । गुरुङ समुदायमा लोप हुन आवस्थामा रहेको ढेढो परिकारको तमू विद्यार्थीले सस्थाँगत रुपमा नै भनभोज -स्योकैँ) कार्यक्रम गरेर नयाँ प्रयासको थालनी गरेको हो । गएका पुस प्रन्ध ल्होसारमा खेलाइएको स्युँरा घरदैलो कार्यक्रमबाट सकंलन गरिएको रकमको पाँच प्रतिशत रकमको स्योकैँ कार्यक्रम सम्पन्न गरेको छोज धी का कोषाध्यक्ष धनु तमूले जानकारी दिनुभयो । नवलपरासीको गैडाँकोट स्थित मौल्ााकालीको परिसरमा भुतपर्ुव जिल्ला कोषाध्यक्ष आसिक तमूको विशेष अतिथ्यमा सम्पन्न स्योँकै कार्यक्रममा जिल्लाभारिका करिवन ६० जना विद्यार्थीको सहभगिता रहेको थियो । विद्यार्थी छोज धीँले यस्तो प्रकारको भनभोज -स्योकैँ कार्यक्रम) फलदायी हुने अपेक्षा गरेको छ । हुन त यसले सस्कृति बचाउन नसक्ला तर हामीले के आशा गरेको छौँ भने यसले हाम्रो समाजमा अवश्य पनि राम्रो सन्देश भने जानेछ । जिल्ला प्रचार विभाग प्रमुख जिवन तमू भन्छन । भनभोज स्योकै कार्यक्रममा सवै युवाहरुले ढेढोलाइ रमाइलो मान्दै खाइरहेको देखिन्थ्यो । सो अवसरमा स्यूराँ घरदेल्ाौ कार्यक्रमका कलाकार, स्वयमस्वेवकहरुलाइ प्रसशां पत्र पनि वितरण गरिएको थियो । यस्ता प्रकारका कार्यक्रलाइ फेरी निरन्तरता दिदै जाने विद्यार्थी सगठनले जनाएको छ ।
Posted on:January 23, 2010, 6:48 am
No comments:
Post a Comment