Tuesday, June 7, 2011

घलेगाउँमा आन्तरिक पर्यटक आवागमनमा वृद्धि

आश गुरुङ 'प्रतीक'
लमजुङ, मंसिर २७ गते ।
र्सार्क राष्ट्रको नमुना पर्यटकीय स्थल लमजुङको घलेगाउँ घुम्नका लागि आउने पर्यटकहरुको संख्यामा वृद्धि भएको छ ।

असोज महिना यता पाँचसय बढी आन्तरिक र करीब ४० जना विदेशी पर्यटकले घलेगाउँको अवलोकन गरेकाछन् ।
घलेगाउँ ग्रामीण पर्यटन सर्म्पर्क कार्यालय घलेगाउँका अनुसार आन्तरिक पर्यटकमा शैक्षिक भ्रमणका लागि आउनेहरुको संख्या धेरै रहेको छ । त्यस्तै, स्वदेशी तथा विदेशी जोडीहरु पनि उत्तिकै आउने गरेका कार्यालयका दीर्घ घलेले जानकारी दिनुभएको छ । आन्तरिक तथा बाहृय पर्यटक आगमनमा बृद्धि हुन थालेपछि स्थानीयवासिन्दाल गत असोजवाट ग्रामीण पर्यटन सर्म्पर्क कार्यालय संचालनमा ल्याएका थिए ।

घलेगाउँमा पर्यटकहरुको बर्साईका लागि ३२ होमस्टेको व्यवस्था रहेको छ । प्रत्येक घरमा दुर्इजना बस्न पाइने नियम वनाएपनि पाहुना धेरै भएको समयमा एक घरमा चारदेखि छ जनासम्म राख्ने गरेका स्थानीयवासिन्दाले वताएकाछन् ।


पर्यटकिय दृष्टिकोणले अत्यन्तै सुन्दर र रमणीय गाउँको रुपमा परिचित घलेगाउँबाट विभिन्न हिमश्रृङखला, सर्योदय, सुर्यास्तका दृश्य सजिलैसंग देख्न सकिन्छ । घलेगाउँवाट उत्तरपूर्वमा बौद्ध, ङादीचूली र मनास्लू हिमश्रृङखलाहरु, उत्तरमा लमजुङ हिमाल, अन्नपूर्ण दोस्रो र माछापुच्छे्रको मनमोहक टाकुरासंगै विहानीको मिर्मिरेपछि ओछ्यानबाटै सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । समुन्द्री सतहदेखि दुर्इहजार एकसय मिटर उचाईमा रहेको घलेगाउँमा भदौदेखि मंसिर र फागुन देखि जेठसम्म दुर्इ सिजन पर्यटक बढी आउने गर्छन् ।


काठमाडौंवाट तनहुँको डुम्रे हुदै लमजुङ सदरमुकाम बेसीशहर हुदै साढे ६ घण्टाको हिँडाइपछि घलेगाउँ पुग्न सकिन्छ । बेसीशहरबाट बाग्लुङपानी हुदै, बेसीशहरबाट खुदी सिम्पानी भलामचौर हुदै र बेसीशहरबाट खुदी घनपोखरा हुदै गएपनि घलेगाउँ पुगिन्छ । अहिले सदरमुकाम वेसीशहरवाट घलेगाउँको वेसीसम्म मोटर पुगेका कारण घलेगाउँ पुग्न आधा घण्टामात्रै हिँड्नुपर्दा ज्यादै सजिलो भएको पर्यटकहरुको प्रतिक्रिया छ ।

Ghatu Nach in Ghale Gaun, Lamjung

तस्वीरमा : गाउँमा आएका स्वदेशी तथा विदेशी पर्यटकलाई घाँटू नाच देखाउँदै । गाउँमा आउने हरेक पर्यटकको रोजाई अनुसार स्थानीयवासिन्दाले स्थानीय कला संस्कृति देखाउने चलन घलेगाउँमा छ ।

तस्वीर : आश गुरुङ 'प्रतीक'



Posted on:December 12, 2009, 9:03 am

No comments:

Post a Comment