Tuesday, June 7, 2011

लमजुङको भुजुङ गाउँमा जिल्लामै पहिलो पटक रोप वे संचालन

आश गुरुङ 'प्रतीक'
Beautiful Bhujung Gaun

लमजुङ, पुस ३ गते ।
लमजुङको पर्यटकीय भुजुङ गाउँमा जिल्लामा नै पहिलो पटक रोप वे संचालनमा ल्याईएको छ ।
नेपाल जापान टोकोसिमा मैत्री संघको ८० लाख रुपैँया सहयोग र स्थानीयवासिन्दाको ४० हजार रुपैँया बराबरको श्रमदानमा तल्हृयू फाँटदेखि गाउँसम्म रोप वे संचालन गरिएको हो ।

साढे एक किलोमीटर तारमा एउटा बट्टाजडित रोप वे संचालनका लागि स्थानीय भुजुङ सामुदायिक लघु-जलविद्युत परियोजनाको ११ किलोवाट विद्युत खपत गरिएको छ । तीन क्वीन्टल सम्मको तौल बोक्न सक्ने सो रोप वेमा मानिसको आवातजावतमा भने रोक लगाईएको छ ।
रोप वे संचालनमा आएपछि गाउँसम्मको उकालो वाटोमा नाकै ठेसिनेगरि धान, मकै, कोदो लगायतका अन्नवाली साथै अन्य सामाग्रीहरु बोक्ने झन्झटवाट स्थानीयवासिन्दा मुक्त भएकाछन् ।


रोप वेको भुजुङ सामुदायिक लघु जलविद्युत परियोजनावाट विद्युत उत्पादन भएको १० औँ वर्षाँठको अवसर पारेर नेपालका लागि जापानी राजदूत आसामी नाकाभाईले हालै एक समारोहवीच उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा टोकोसिमा जापान नेपाल मैत्री संघका पर्ूव अध्यक्ष आमानो साङ, छ जनार् इन्जिनियरसहित ३० भन्दा बढी र नेपाल जापान टोकोसिमा मैत्री संघका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, सल्लाहकार राजेश डंगोल लगायत स्थानीयवासिन्दाको उपस्थिति रहेको थियो ।


नेपाल जापान टोकोसिमा मैत्री संघले पहिलो चरण अन्तरगत तल्हृयूदेखि गाउँसम्म रोप वे निर्माण गरेपनि दोश्रो र तेश्रो चरणमा र्सार्क राष्ट्रको नमुना घलेगाउँ सम्म रोप वे संचालन गर्ने जनाएको छ । रोप वे संचालनका लागि विद्युत चाहिने भएकाले भुजुङ सामुदायिक लघु जलविद्युत परियोजनावाट थप विद्युत उत्पादन गरिने परियोजनाका ब्यवस्थापक तुल बहादुर गुरुङले जानकारी दिनुभएको छ ।












Posted on:December 18, 2009, 11:40 am

No comments:

Post a Comment