Sunday, June 5, 2011

माओवादी नेता एमालेमा प्रवेश

आश गुरुङ 'प्रतीक'
लमजुङ, साउन ८ गते ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक एवं प्रथम महासचिव पुष्पलाल श्रेष्ठको ३१ औँ स्मृति दिवसका अवसर पारेर एकीकृत नेकपा माओवादीका एक नेता नेकपा एमालेमा प्रवेश गरेकाछन् ।
एकीकृत नेकपा माओवादी लमजुङ इलाका नं. १ कार् इन्चार्ज तथा माओवादी संवद्ध भूपू संनिक संघ क्रान्तिकारीका अध्यक्ष ठगबहादुर अधिकारी एमालेमा प्रवेश गरेका हुन् ।


अखिल नेपाल महिला संघले बुधवार सदरमुकाम वेसीशहरस्थित मदन-आश्रति स्मृति भवनमा आयोजना गरेको प्रवचन कार्यक्रममा अधिकारीले एकीकृत माओवादी त्यागेको घोषणा गरेका थिए । एकीकृत माओवादीमा भनाई र गर्राई आकास पातलको फरक रहेका र हतियार देखाएर शान्ति प्रक्रियालाई खल्बलाउने षडयन्त्रमा लागेकाले आफूले एकीकृत माओवादी त्यागेको अधिकारीले सो अवसरमा बताएका थिए । अधिकारीलाई नेकपा एमाले पोलिट ब्यूरो सदस्य तथा कार्यक्रममका प्रमुख अतिथि पृथ्वी सुब्बा गुरुङले टिका, फूल साथै खादा ओढाएर स्वागत गर्नुभएको थियो ।
सदरमुकाम वेसीशहरको मदन-आश्रति स्मृति भवनमा आयोजना गरिएको एक कार्यक्रममा सहमागीले पुष्पलालको तस्वीरमा पुष्प तथा अविर अर्पण गरेका थिए । प्रवचन कार्यक्रमलाई संवोधन गर्दै गुरुङले कम्युनिष्ट आन्दोलनमा पुष्पलालको भूमिका उल्लेखनीय भएको वताउनुभयो ।


एकीकृत माओवादीतर्फइंगित गर्दै उहाँले माओवादीको उग्रपन्थी विचारधारले गर्दा देशमा सँधैको डामाडोल परिस्थिति भईरहेको आरोप लगाउनुभयो । माओवादीको हत्या हिंसात्मक चरित्र अहिले पनि उस्तै रहेकोप्रति आपत्ति जनाउँदै सत्तामा वस्न नपाएपछि माओवादी छट्पटिएको समेत आरोप लगाउनुभयो । उहाँले माओवादी सच्च कम्युनिष्ट पार्टी भए पुष्पलालले देखाएको वाटोमा आएर सिद्धान्त र ब्यवहारमा रहन आग्रह समेत गर्नुभयो । कार्यक्रममा सभाषद् डीबी कार्कीले पुष्पलाल र संयुक्त मोर्चा संवन्धि अवधारणा प्रस्तुत गनुएभएको थियो । एमाले केन्द्रीय सदस्य टुका हमालले पुष्पलालले कम्युनिष्ट पार्टीको निर्माणमा पुर्�याएको योगदान र लोकतान्त्रिकरणको चर्चा गर्नुभएको थियो । कार्यक्रममामा नेकपा एमालेका जिल्ला सचिव मायानाथ अधिकारी, विभिन्न भातृ संगठनका प्रमुख एवं प्रतिनिधिहरुले पुष्पलालको विचार र सिद्धान्तलाई अंगालेर नयाँ नेपाल निर्माण गर्नुपर्ने धारण राखेका थिए ।


कार्यक्रम अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष कमला अधिकारीको अध्यक्षतामा भएको थियो ।

Posted on:July 23, 2009, 3:32 am

No comments:

Post a Comment