Monday, June 6, 2011

स्नातकोत्तर तह संचालनका लागि महायज्ञ शुरु

आश गुरुङ 'प्रतीक'
Shova Yatra of Maha Yagyaलमजुङ, कार्तिक ५ गते ।
लमजुङ सदरमुकाम वेसीशहरस्थित मर्स्याङ्दी बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह संचालनको सहयोगार्थ आज विहिवारदेखि एकहप्ते महायज्ञ शुरु भएको छ ।
महयज्ञको त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति एवं विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष डाक्टर कमलकृष्ण जोशीले उद्घाटन गर्नुभयो ।

बेसीशरहको फूलवारी मञ्चमा आयोजना गरिएको महायज्ञको उद्घाटनपूर्व शेरावाट विभिन्न बाजागाजाका साथ भेषभूषा, भजन र एकसय आठ कलशसहितको शोभायात्रा फूलवारी मञ्चमा पुगेर टुङ्गएिको थियो ।

पण्डित दीनबन्धु पोखरेलले बाचन गर्नुहुने महायज्ञवाट एक करोड संकलन गर्ने लक्ष्य आयोजक समितिले राखेको छ ।
कार्यक्रममा क्याम्पसलाई विगतमा सहयोग गर्ने ५३ जनालाई अभिनन्दन गरिएको थियो ।


कार्यक्रममा संविधान सभा सदस्य डीबी कार्की, राप्रपा केन्द्रीय सदस्य हेमजंग गुरुङ, पूर्व सहयाकमन्त्री एकीकृत माओवादीका राजु थापा, नेपाली कांग्रेसका तुलसीनारायण श्रेष्ठ, नेकपा एमालेका मायानाथ अधिकारी, राप्रपाका बालचन्द्र श्रेष्ठ, विश्व हिन्दु महासंघका अध्यक्ष दामोदर गौतम, सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम लामिछाने लगायतले मन्तब्य राखेका थिए ।
१९ वर्षगाडि समुदायले स्थापना गरेको मर्स्याङ्दी बहुमुखी क्याम्पसमा अहिले प्रमाणपत्र र स्नातक तहमा मानविकी, शिक्षा र ब्यवस्थापन संकायमा पठनपाठन हुँदै आएको छ । लमजुङमा १९ उच्च मावि र १० वटा क्याम्पस संचालन भईरहेपनि स्नाकोत्तर तहाको पर्ढाई भने अहिलेसम्म संचालन हुन सकेको छैन ।

आर्थिक स्थिति कमजोर भएका र जागिरको शिलशिलामा लमजुङ आएकाहरु स्नातकोत्तरको पर्ढाईबाट बञ्चित भएकाले यस्तो कार्यक्रम राखिएको क्याम्पस प्रमुख हरिबाबु थापाले जानकारी दिनुभयो ।

महायज्ञ आगामी १२ गतेसम्म संचालन हुनेछ ।






Posted on:October 22, 2009, 10:24 pm

No comments:

Post a Comment