Sunday, June 5, 2011

लमजुङमा सयपत्री र मखमली फूलको कमी

आश गुरुङ 'प्रतीक'
गमलाको सयपत्री फूल सम्हाल्दै वेसीशहरकी एक युवती लमजुङ, कार्तिक १ गते ।
लमजुङमा यसवर्षसयपत्री र मखमली फूल कम फुलेकाछन् । फूल कम फूलेपछि तिहारमा आफ्ना दाज्युभाइलाई टिका लाउन तम्सिएका दिदीबहिनीहरुलाई समस्या परेको छ ।

फूलको कोपिला पलाउने बेला साउनभदौमा खडेरी भएपछि रोपिएका बोटहरु सुक्नुका साथै फूल नफुल्दैका कोपिलाहरु ओईलिएका थिए । गमलामा रोपेका केही फूलहरु भएपनि राम्रोसंग नफुलेको स्थानीयवासिन्दाले वताएकाछन् ।


सयपत्री र मखमली फूलको अभाव भएपछि लमजुङका स्थानीयवासिन्दा जंगलमा पाईने फूलहरु र बजारमा पाईने नक्कली फूलहरु प्रयोग गर्न बाध्य भएकाछन् ।

तस्वीरमा गमलाको सयपत्री फूल सम्हाल्दै वेसीशहरकी एक युवती ।

तस्वीरः आश गुरुङ 'प्रतीक'

Posted on:October 18, 2009, 3:27 am

No comments:

Post a Comment