Monday, June 6, 2011

चौधवर्षेखि आफ्नै वडाको बन उपभोग गर्नबाट बञ्चित

आश गुरुङ 'प्रतीक'
लमजुङ, कार्तिक १६ गते ।
लमजुङको चिती गाउँ विकास समिति वडा नं. ६ का वासिन्दा चौधवर्षेखि आफ्नै वडाको बनजंगल उपभोग गर्नबाट बञ्चित भएकाछन् ।
वडा नं. ५ संग मिलेर कार्कीडाँडा सामुदायिक बन उपभोक्ता समूह गठन गरेका उनीहरुलाई विधान उल्टाएर गैर उपभोक्ता बनाएपछि आफ्नै बनजंगल उपभोगवाट बञ्चित भएका हुन् ।
२०५० सालमा समुदायमा बन हस्तान्तरण भएपछि वडा नं. ५ र ६ मिलेर बनजंगलको संरक्षण एवं सर्ंवर्द्धन गर्दै आएपनि २०५२ सालमा तत्कालीन अध्यक्ष शम्भू जोशीले आफ्नाआफन्तमात्रै जम्मा पारेर विधान उल्र्टाई वडा नं. ६ का केही घरपरिवारसहित एकसय १८ घरपरिवारलेमात्रै बनजंगलको उपभोग गर्न पाउने नियम बनाएका थिए ।


अधिकांश दलित, आदिवासी जनजाति साथै लमजुङको एकमात्र चेपाङवस्तीमा रहेका चेपाङहरुलाई गैर उपभोक्ता बनाईएपछि उनीहरु आक्रोसित बनेकाछन् । उपभोक्ता समूहले गैर उभभोक्त समूहलाई वनजंगल उपभोग गर्नवाट रोक लगाएपछि गैर उपभो क्ताहरुले जिल्ला प्रशासन कार्यालयमा गएर संस्थाको खाता रोक्न निवेदन समेत दिएकाछन् । पीडित उपभोक्ताहरुले आफ्नो बनजंगल आफूले उपभोग गर्न पाउने शर्त राख्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला बन कार्यालयमा उजुरी समेत दिएकाछन् ।


आफ्नै बनजंगल उपभोग गर्न नदिईपछि स्थानीयवासिन्दाको आग्रहमा सदरमुकाम वेसीशहरवाट मानवअधिकारकर्मी, पत्रकार साथै विषयगत क्षेत्रको वकालत गर्दै आएको संस्था समग्र विकास सेवा केन्द्रका एक टोली सो क्षेत्रमा पुगेकाछन् । चिती गाविस ६, बुढीकुवा पुगेका अधिकारकर्मीहरुलाई स्थानीयवासिन्दाले आफ्नो बनजंगल आफैँले उपभोग गर्न नपाएको दुखेसो पखेका थिए ।
गैर उपभोक्ता समूहका तर्फा मखना पन्तले बन उपभोग गर्न नदिनुका साथै सामुदायिक बन उपभोक्ता समूहको आयोजनामा गरिने र्सार्वजनिक सुनुवाई लगायत अन्य कार्यक्रममा गैर उपभोक्ताहरुलाई आउनै नदिने र आएपनि लखेट्ने वताए । सोही समूहका सुकमान चेपाङले काठ काट्न पाउँ भन्दै माग्न गएपनि उपभोक्ता समितिका पदाधिकारीहरुले 'बर्षौपिच्छे घर बनाउने, कति घर बनाउँछौ, पाइँदैन' भन्दै फर्काएको वताए ।


कार्यक्रममा उपस्थित कार्कीडाँडा सामुदायिक बन उपभोक्ता समूह तथा कार्यसमितिका सदस्य दर्ीघनीधि जोशीले उपभोक्ता र गैर उपभोक्तामा छुट्याउन नहुने वताए । समितिमा गैर उपभोक्ता समूहमा राखिएका स्थानीयवासिन्दालाई पनि बनजंगलको उपभोग गर्न दिनुपर्ने प्रस्ताब राखेपनि आफ्नो प्रस्ताबलाई कसैले वास्ता नगरेको उनको भनाई छ ।

Posted on:November 2, 2009, 10:11 am

No comments:

Post a Comment