Monday, June 6, 2011

बन्सारमा निःशुल्क स्वास्थ्य शिविर

आश गुरुङ 'प्रतीक'
लमजुङ, कार्तिक १८ गते ।
लमजुङको बन्सार गाउँ विकास समिति वडा नं. ६, हिलेवेसीमा रहेको फलेनी माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

एचडीसीएस लमजुङ जिल्ला सामुदायिक अस्पताल र बन्सार गाउँ विकास समितिको आयोजनामा भएको स्वास्थ्य शिविरमा छसय ४६ जनाले स्वास्थ्य सेवा लिएकाछन् । जसमध्ये चारसय ५७ जना महिला थिए ।




स्वास्थ्य शिविरमा विशेषगरि महिलाहरुको पाठेघरको समस्या, सेतो पानी बग्ने, आँखा, दाँत, दमखोकी, श्वासप्रश्वास, हाडजोर्ने लगायतको समस्या लिएर स्थानीयवासिन्दा आएका जिल्ला सामुदायिक अस्पतालका प्रशासकीय अधिकृत शंकर देवकोटाले जानकारी दिनुभयो । शिविरमा २३ जनाको मोती बिन्दुको अप्रेशन गर्नुपर्ने भएकाले उनीहरुलाई निःशुल्क उपचारका लागि हिमालयन आँखा अस्पताल पोखरामा रिफर गरिएको देवकोटाको भनाई छ ।




लमजुङ जिल्ला सामुदायिक अस्पतालका डाक्टर अमिर शेरचनसहित १४ जना स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको शिविरमा ८५ हजार बराबरको औषधी वितरण गरिएको थियो । वर्ल्डभीजन लमजुङ क्षेत्र विकास कार्यक्रम, जिल्ला जनस्वास्थ्य कार्यालय, हिमालयन आँखा अस्पताल पोखरा, युनिभर्सल डेन्टल हस्पिटल लमजुङ र आरसीडीसी लमजुङको सहयोगमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा एचआईभी परामर्श सेवा समेत प्रदान गरिएको थियो ।


शिविरवाट बन्सार, फलेनी, ढोडेनी र बन्सार गाविसका र्सवसाधारणले सेवा लिएका थिए । ग्रामीण क्षेत्रमा रहेर स्वास्थ्य सेवावाट बञ्चित भएका स्थानीयवासिन्दालाई मध्यनजथर राख्दै जिल्ला सामुदायिक अस्पतालले समयसमयमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको लमजुङ जिल्ला सामुदायिक अस्पतालका निर्देशक धर्मराज गोसाइँले वताउनुभयो ।

Posted on:November 4, 2009, 1:51 pm

No comments:

Post a Comment