Sunday, June 5, 2011

ग्रामीण सडकमा मनपरि भाडा

आश गुरुङ 'प्रतीक'
over load and passengersलमजुङ, असोज ३१ गते ।
तिहार नजिकिँदै गएपछि लमजुङको ग्रामीण भेगमा संचालन भएका यातायातहरुले मनपरि भाडा असुलेकाछन् ।
तिहार मनाउनका लागि गाउँगाउँ जानेहरुको भीडा लाग्न थालेपछि यातायातका ब्यवसायीहरुले दोब्बर भाडा समेत असुल्ने गरेकाछन् ।
उत्तरी लमजुङ जोड्ने वेसीशहर-स्याँगे तथा सुन्दरबजार-भोर्लेटार, वेसीशहर-भुजुङ, वेसीशहर-नाल्मा, तार्कुघाट-प्यारजुङ, दलाल-हिलेवेसी लगायतका ग्रामीण सडक खण्डमा चलेका यातायातले मनपरि भाडा लिने गरेको स्थानीयवासिन्दाको गुनासो छ ।


दशैँ समाप्तिसंगै साविक दरमा भाडा उठाउँदै आएका यातायात ब्यवसायीहरुले तिहारको मौका पारेर मनपरि भाडा उठाएपनि संवधित निकाय मौन बसेको छ । तिहारको चहलपहलसंगै मानिसहरुको भीड लागेका कारण यातायातका साधनहरुले क्षमता भन्दा बढी यात्रुहरु लिएर आउनेजाने गरेकाछन् ।


तस्वीरमा क्षमता भन्दा बढी यात्रु लिएर वेसीशहर-डुम्रे सडक खण्डमा पर्ने तनहुँको भन्सारमा गुडिरहेको एउटा जीप । तिहार नजिकिँदै गएपछि यातायातहरुमा क्षमता भन्दा बढी यात्रु चढ्ने र चढाउने गरिएको छ ।

तस्वीरः आश गुरुङ 'प्रतीक'

Posted on:October 18, 2009, 3:02 am

No comments:

Post a Comment