Saturday, June 11, 2011

ठूलागी हिमताल विष्फोटको खतरा विष्फोट भएमा करीब ३० अर्बको क्षति हुने

आश गुरुङ 'प्रतीक',
लमजुङ, फागुन ११ गते । नेपालमा अत्यान्तै जोखिममा रहेका ६ वटा हिमतालमधये हिमालपारिको जिल्ला मनाङमा रहेको ठुलागी हिमताल विष्फोटको जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।

मनाङको नाचै गाउँ विकास समितिको लेक-मनासलु हिमालको फेदमा पर्ने ठुलागी हिमताल जलवायु परिवर्तनका कारण खतरापर्ूण्ा बनेको हो । ठुलागीवाट बग्ने दोना नदीको बिपरित भागको छेउमा कच्ची अवस्थामा रहेको, दायाँबायाँ भासिने क्रम जारी रहेको र तापमान बृद्धिका कारण हिमालको हिउँ पग्लने क्रम बढ्दै गएकाले ठुलागी हिमताल खतरापर्ूण्ा रहेको विज्ञहरुले वताएकाछन् । प्रतिवर्ष२२ मीटर साँघुरिँदै गएको, वरिपरिको हिमचट्टान झर्ने क्रममा रहेको र हिमाली क्षेत्रलाई केन्द्र विन्दु बनाएर पटक-पटक गईरहने भु-कम्पका कारण पनि हिमताल विष्फोट हुने खतरा बढेको हो ।

तटीय क्षेत्रमा ठूलो मानववस्ती र भौतिक संरचना रहेकाले हिमताल विष्फोट भएमा मर्स्याङदी जलाधार क्षेत्रमा २९ अर्ब ६९ करोड १३ लाख १५ हजार २ सय ६ रुपँैया बराबरको क्षति पुर्‍याउने देखिएको छ । यसवाट तटीय क्षेत्रमा रहेका एकलाख ६५ हजार ६८ जना प्रभावित हुनेछन् । मर्स्याङदी नदी लगायतका दर्जनौ खोलामा निर्माण भएका जलविद्युत आयोजना, पक्की तथा कच्ची पलुहरु, विभिन्न भवन, सडक, खेतीयोज्य भूमि, बनजंगल गरि ठूलोमात्रामा क्षति पुग्ने अध्ययनले देखाएको हो । मर्स्याङ्दी जलाधार क्षेत्रमा निर्माण गरिएका र प्रस्ताव गरिएका जलविद्युत आयोजना वाट उत्पादन हुने १ हजार २ सय ६४ मेगावाट विद्युतमा समेत गम्भीर असर पुर्‍याउने देखिएको छ ।

यसको प्रभाव मनाङ, गोरखा, लमजुङ र तनहुँमा बढी पर्ने देखिएपनि कास्की, स्याङ्जा, बाग्लुङ, म्याग्दी, मुस्ताङ र पर्वतसम्म विष्फोटले असर पार्ने अध्ययनले देखाएको छ ।

ठुलागी हिमताल २ हजार ५ सय लम्बाई र ५ सय मीटर चौर्डाई सम्म फैलिएको छ । यसको गहिर्राई ८० मीटर भन्दा बढी रहेको छ । नेपालमा रहेका १ हजार ४ सय ६६ वटा हिमतालमध्ये अध्ययनमा मनाङको ठुलागी लगायत अन्य जलाधार क्षेत्रमा राहेका छो-रोल्पार्,र् इम्जा, लुमदिङ, तल्लो बरुण र पश्चिम चामजाङ सवैभन्दा बढी जोखिममा रहेको अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र र्-इसीमोड) ले जनाएको छ ।

सन १९९५ को तुलानामा पछिल्लो अध्ययनका क्रममा ठुलागीको लम्बाई ५ सय मीटर बढेको, क्षेत्रफल शुन्य दशमलब ९६३ बर्ग किलोमीटर बढेको र पानी ६ लाख घनमीटर पाईएको थियो । अध्ययन टोलीमा सहभागि जलवायु परिवर्तनका विशेषज्ञ डाक्टर अरुण भक्त श्रेष्ठले जलवायु परिवर्तनको चक्र घुमिरहने भएकाले धेरै हतास हुने अवस्था नभएपनि सचेत रहनुपर्ने वताउनुभयो । उहाँले हिमाली क्षेत्रमा गरिएको पछिल्लो अध्ययनअनुसार शुन्य दशमलब शुन्य ९ ड्रि्रीका दरले तापक्रम बढीरहेकाले हिमतालहरु खतरा बाहिर नरहेको दावी गर्नुभयो । र् र्-इसीमोड) ले नेपालका विभिन्न हिमताल र हिमनदीको अध्ययन गर्ने क्रममा गत असार २२ देखि साउन ६ गतेसम्म ठुलागी हिमतालको अध्ययन गरेको थियो ।


Posted on:February 23, 2010, 7:27 am

No comments:

Post a Comment