Thursday, June 9, 2011

६ सय मेगावाटको मर्स्याङदी-२ आयोजना बन्द आयोजना रद्ध गर्न माओवादीको माग

आश गुरुङ 'प्रतीक',
लमजुङ, फागुन ४ गते । लमजुङ र मनाङको सिमानामा डीपीआर तयार भईरहेको माथिल्लो मर्स्याङ्दी २ जलविद्युत आयोजना आजदेखि बन्द भएको छ । छ सय मेगावाटको विद्युत उत्पादनका लागि र्सर्भे भईसकेको आयोजना एकीकृत माओवादीले दबाब दिएपछि सुरक्षाको दृष्टिकोणले बन्द गराएको परियोजनाले जनाएको छ ।

माओवादी गोरखा क्षेत्र नम्बर १ का निर्वाचित सभाषद् अमर गुरुङ, लमजुङ क्षेत्र नम्बर १ का सभाषद बुद्धिराम गुरुङ, माओवादी लमजुङका सेक्रेटरी मोहनहरी पौडेल, मनाङका सेक्रेटरी बेद बहादुर गुरुङ लगायतले निर्माणकार्य बन्द नगरे त्यसको परिणाम गतिलो नहुने चेतावनी दिएकाछन् । एकीकृत माओवादीले भने भातृसंगठन तमू राष्ट्रिय मुक्तिमोर्चा केन्द्रीय समितिले आयोजना बन्द गराएको जनाएको छ । उनीहरुले आयोजना पर्ूण्ा रुपमा रद्ध गर्न समेत माग गरेकाछन् ।

भारतीय पर््राईभेट कम्पनी जीएमआरको ८० र हिमताल हाईड्रोपावर कम्पनीको २० प्रतिशत लगानीमा निर्माण हुन लागेको परियोजनाको डीपीआर अन्तिम चरणमा पुगेको परियोजनाका प्रवन्धकर् इन्जिनियर अरुण रजौरियाले जानकारी दिनुभयो । एकीकृत माओवादीले पावरहाउस निर्माणस्थल ताघ्रिङ गाउँ विकास समिति वडा नम्बर २ स्याँगेस्थित परीक्षण सुरुङमा झण्डा गाडेकाछन् ।

स्रोतसाधन माथिको अग्राधिकार स्थानिय आदिवासीलाई हुने संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय श्रमसन्धी दफा १६९ को प्रवधान विपरित स्थानियलाई थाहै नदिई विदेशीले निमार्ण्र्ाार्न लागेकोमा विरोध गर्नु परेको सभाषद अमर गुरुङको भनाई छ । खोलाको फाइदा बेफाइदा भोग्दै आएका खोला आसपासका बासिन्दाको हित विपरित आयोजना संञ्चालन हुन लागेको उहाँको आरोप छ ।

स्थानियवासिन्दाको शेयर विना कुनै पनि आयोजना संञ्चालन गर्न नदिने तमू मोक्ति मोर्चाले जनाएको छ । आयोजनामा काम गर्ने मजदुर, स्थानियवासिन्दा, जिल्लाबासी सबैको शेयरविना विदेशीको मात्र लगानीमा बन्ने आयोजना देशलाई हितकर नहुने सभाषदु बुद्धिराम गुरुङको भनाई छ ।

केही समय यता राष्ट्रियताको मुद्धा उठाएर भारत प्रति आक्रोसिात बन्दै आएका माओवादीले भारतीय पर््राईभेट कम्पनीको लगानी भएकाले उत्पादित विद्युत पनि भारत नै जाने आशंका गरि आयोजना बन्द गराएको माओवादी लमजुङका सेक्रेटरी मोहनहरि पौडेलले वताउनुभयो । मनाङको सिरानतालमा बाँध बाँधेर लमजुङको स्याँगेमा पावर हाउसका लागि र्सर्भे भईसकेको परियोजना अहिलेसम्मको अनुमति प्राप्त जलविद्युत परियोजनामध्येे तेश्रो ठूलो जलविद्युत परियोजना हो ।

फोटो ः

परिक्षण सुरुङ स्थलमा झण्डा गाडेर आयोजनाको बन्द घोषणा गर्दै माओवादीहरु ।



Posted on:February 16, 2010, 7:30 am

No comments:

Post a Comment