Saturday, June 11, 2011

वेसीशहर-चामे सडकको निरीक्षण

आश गुरुङ 'प्रतीक',
लमजुङ, फागुन १२ गते । निर्माणाधिन वेसीशहर चामे सडकको निर्माणस्थल पुगेर एक टोलीले निरीक्षण तथा अवलोकन गरेको छ ।

पर्ूव मन्त्री पाल्तेन गुरुङ सहितको एक टोलीले निर्माणाधिन सडकको निरीक्षण अवलोकन गरेको हो ।

सरकारले यसै वर्षहरेक जिल्ला सदरमुकाममा सडक पुर्‍याउने घोषण गरेपछि सडक निर्माणकार्य अहिले दु्रत गतिमा भईरहेको छ । पर्ूव सांसद समेत रहनुभएका पाल्तेन गुरुङसंग लमजुङ नेपाली कांग्रेसका सचिव अर्जुन पराजुली, प्रमुख जिल्ला अधिकारी होमनाथ थपलिया, प्रहरी नायब उपरीक्षक प्रकाश अधिकारी, सडक निर्माण कार्यगणकार् इन्जिनियर लप्टन भीमसेन थापा, संवन्धित निकायहरुका प्रतिनिधि, संचारकर्मी लगायतको सहभागिता थियो ।

पर्ूव मन्त्री गुरुङ लगायतको टोलीले सडक निर्माणस्थल ताघि्रङ गाउँ विकास समितिको जगतसम्म पुगेर सडकको निरीक्षण गरेका थिए । सडक निर्माणस्थलमा पुगेर प्रतिक्रिया दिँदै पर्ूव मन्त्री गुरुङले मनाङमा जतिसक्दो चाँडो मोटर पुर्‍याएमा मात्र स्थानीयवासिन्दाको जीवनस्तर उकास्ने वताउनुभयो । नेपाली कांग्रेसका सचिव अर्जुन पराजुलीले मनाङसम्म मोटर पुर्‍याउनका लागि राजनीतिक दलहरुको तर्फाट पहल थालिने वताउनुभयो । प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले मनाङसम्म जुनसुकै हालतमा सडक र मोटरवाटो पुग्ने विश्वस्त पार्दै यसका लागि आफूले पहल थालिने वताउनुभयो । सडक निर्माण कार्य गणकार् इन्जिनियर भीमसेन थापाले केन्द्रीय निर्देशन अनुसार काम गरिरहेको र छिट्टै मनाङमा मोटर पुर्‍याउने वताउनुभयो ।

सडक निर्माणस्थलसंगै प्रभावित क्षेत्र जगत गाउँ पुगेका टोलीसंग स्थानीयवासिन्दाले आफ्नो समस्याका वारेमा अवगत गराएका थिए । २०५१ सालमा सडक विभागले शुरु गरेको वेसीशहर-चामे सडक २०५७ वाट नेपाली सेनाले निर्माणको जिम्मा लिएको छ ।

लमजुङको सदरमुकाम वेसीशहरदेखि मनाङको सदरमुकाम चामेसम्म कुल ६५ किलोमीटर रहेकोमा हालसम्म ५२ किलोमीटर सडकखण्डको निर्माणकार्य सकिएको छ । वेसीशहरवाट मनाङतर्फजगतसम्म ३० र चामेवाट वेसीशहरतर्फ२२ किलोमीटर सडकखण्डको निर्माण भईसकेको छ भने सडक खण्डको वेसीशहदेखि सिरचौरसम्मको २७ किलोमीटरमा मोटर चलेको छ ।
besisahar-chame

Posted on:February 23, 2010, 9:01 pm

No comments:

Post a Comment