Thursday, June 9, 2011

लमजुङका क्षत्रीहरुद्वारा जातीय संघीयताको विरोध

आश गुरुङ 'प्रतीक',




लमजुङ, माघ १६ गते । जातीय संयीय राज्यको वहस चलिरहेको वेला लमजुङका क्षत्रीहरुले नयाँ संविधानमा जातिय आधारमा राज्यको बिभाजन नगर्न माग गर्दे पर््रदशन गरेका छन ।

क्षत्री समाज लमजुङले 'राष्ट्रिय अखण्डता र जातीय एकता' को लागि भन्दै आज शनिवार सदरमुकाम वेसीशहरमा आयोजना गरेको कार्यक्रममा उनीहरुले जातीय आधारको संघीयताले जातजातीवीचको एकतालाई विभाजन गर्ने वताएकाछन् ।

भेलाको उद्घाटन गर्दे क्षत्री समाजका केन्द्रीय महासचिब कुमार खड्काले जातीय राज्य क्षेत्रीहरुलाई मान्य नहुने बताउनु भयो । उहाँले क्षेत्रीहरुलाई आदिवासी जातिका रुपमा उल्लेख नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिनु भयो । भेलामा बोल्दै सभाषद डीबी कार्कीले क्षेत्रीहरु हक अधिकारको लागि उठ्दा कसैले पनि टाउको दुखाउन नपर्ने बताउन ुभयो । कार्कीले दलहरुको नेतृत्वमा जातजातीलाई काखा र पाखा गर्ने नेतृत्व भएका कारण करिब १८ प्रतिशत रहेका क्षत्रीहरुको आवाजको सुनुवाई हुन नसकेको वताउनु भयो ।

कार्यक्रममा क्षत्री समाज महिला समितिकी केन्द्रीय अध्यक्ष पुष्पाा केसी, केन्द्रीय सदस्य उत्तम बस्नेत, समुन्द्र गोदार, पश्चिमाञ्चल सचिव भरत बस्नेत, सदस्य राजु थापा, क्षेत्री समाजका युकेका अध्यक्ष कृष्ण बहादुर थापा, गोरखाका अध्यक्ष दिल बहादुर बस्नेत र जिल्ला अध्यक्ष रामचन्द्र अर्याल लगायतले क्षत्रीहरुको हक अधिकार स्थापित गर्न आन्दोलनको जस्तोसुकै मूल्य चुकाउन पनि तयार रहेको वताएका थिए ।

लमजुङ सदरमुकाम वेसीशहरको फूलवारी मञ्चमा आयोजना गरिएको कार्यक्रमअघि जातीय पहिरनमा पञ्चेबाजा सहित क्षत्रीहरुको र्‍यालीले बजार परिक्रमा गरेको थियो । क्षत्री बीच एकता, जातीय मुल्य, मान्यता, संस्कृती र भेषभुषाको संरक्षण गर्न भेलाको आयोजना गरिएको कार्यक्रमका प्रचारप्रसार संयोजक किशोर कुमार वस्नेतले वताउनुभयो ।
Posted on:January 31, 2010, 5:19 am

No comments:

Post a Comment