Thursday, June 9, 2011

लमजुङका केसी र पाण्डे केन्द्रीय सदस्यमा

आश गुरुङ 'प्रतीक',
Ganesh
Krishna
लमजुङ, माघ २५ गते । प्रेस चौतारी नेपालको छैटौँ केन्द्रीय अधिवेशनवाट लमजुङका दर्ुइजना पत्रकार केन्द्रीय सदस्यमा निर्वाचित भएकाछन् । प्रेस चौतारी नेपाल लमजुङ शाखाका सल्लाहकार तथा नेपाल पत्रकार महासंघ लमजुङ शाखाका पर्ूव अध्यक्ष समेत रहेका कृष्ण केसी र सदस्य गणेश पाण्डे केन्द्रीय सदस्यमा चयन भएका हुन् ।

गण्डकी अञ्चलवाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका केसीले दर्ुइजनालाई पछाडि पार्दै केन्द्रीय सदस्यमा विजयी भएका हुन् । केसीले १ सय ८० मत प्राप्त गरेका थिए । प्रतिद्वन्दी तनहुँका प्रेमप्रसाद पौडेलले १ सय ४० र कास्कीका हरि बाँस्तोलाले १ सय ३७ मत प्राप्त गरे । खुलातर्फगणेश पाण्डेले १ सय ५८ मत प्राप्त गरि सदस्य पदमा निर्वाचित भएका थिए ।

केसी लमजुङवाट प्रकाशित लमजुङ हाईलाईटका संस्थापक सम्पदाक साथै नेपाल समाचारपत्र, एबीसी टेलिभिजन, नेपाल एफएम नेर्टवर्क संग आवद्ध छन् । पाण्डे विगत केही वर्षेखि काठमाडौँ केन्द्रीत टेलिभिजन पत्रकारीतामा संलग्न छन् भने हाल एबीसी टेलिभिजनमा आवद्ध छन् । केन्द्रीय सदस्यमा निर्वाचित केसी र पाण्डेलाई प्रेस चौतारी नेपाल लमजुङ शाखाले बधाई र शुभकामना दिएको छ ।

प्रेस चौतारी नेपालको बुटवलमा शनिवार सम्पन्न अधिवेशनवाट अध्यक्षमा गगन विष्ट निर्वाचित भएका छन् । अधिवेशनबाट २ सय ७६ मत ल्याएर विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रमोद दाहालले २ सय १ मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा श्रीधर आचार्यले १ सय ६८ मत प्राप्त गरी विजयी भए । आचार्यले पाँच जनालाई पछाडि पार्दै वरिष्ठ उपाध्यक्षको पदमा विजयी भएका थिए ।

त्यसैगरी महासचिव पदमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले २ सय ३६ मत प्राप्त गरी निर्वाचित भएका छन् । त्यस्तै पाँच विकास क्षेत्रका उपाध्यक्ष पदमा पश्चिमाञ्चलमा दर्ुगाप्रसाद शर्मा, मध्यपश्चिमाञ्चलमा कृष्ण अधिकारी, मध्यमाञ्चलमा राजेन्द्र अर्याल, पर्ूवाञ्चलमा प्रकाश खतिवडा र सुदुरपश्चिमाञ्चलमा हेमन्त पौडेल निर्वाचित भएका छन् । तीन जना सचिव पदमा माधव नेपाल, लक्की चौधरी र दर्ुगा भण्डारी निर्वाचित भए ।

त्यसैगरी कोषाध्यक्षमा अक्षरी पोख्रेल निर्वाचित भइन । सदस्यहरुमा लुम्बिनीबाट मुकेश पोख्रेल, नारायणीबाट रामकुमार एलन, मेचीबाट चेतन अधिकारी, कोशीबाट डिल्ली पोख्रेल, बागमतीबाट नवराज छत्कुली, भेरीबाट यज्ञराज थापा, उपत्यकाबाट उपेन्द्र केसी, पिछडिएका क्षेत्रबाट जीवन सेजुवाल र कृष्ण शाही, मधेशबाट विरेन्द्र मिश्र र लक्ष्मी शाह, आदिवासी जनजातिबाट यम बहादुर थापा र राजेश र्राई निर्वाचित भए । त्यसैगरी राप्तीबाट सर्ुदर्शन रिजाल, धौलागिरीबाट रामकृष्ण शर्मा, जनकपुरबाट द्वारिका काफ्ले, सगरमाथाबाट कुशलबहादुर बस्नेत, कोशीबाट मातृका तिमिल्सिना र कर्ण्ाालीबाट नवराज महतारा निर्विरोध निर्वाचित भए ।

त्यसैगरी महिला सदस्यहरुमा पश्चिमाञ्चलमा शान्ति गुरुङ, पर्ूवाञ्चलमा विमला राइ, मध्यपश्चिमाञ्चलमा सरिता दाहाल, मध्यमाञ्चलमा गिता अधिकारी, सुदुरपश्चिमाञ्चलमा प्रेमकला पाण्डे निर्विरोध निर्वाचित भए । त्यसैगरी खुलातर्फशिवजी गायक, नरेन्द्र साउद, महेन्द्र विष्ट, टिका विष्ट र केशव अधिकारी निर्वाचित भए । केही समय अघि रुकुममा अज्ञात समूहको आक्रमणमा परेकी टिका विष्टले सबैभन्दा धेरै मत प्राप्त गरेकी थिइन् । कुल ५ सय ३२ प्रतिनिधि रहेकोमा ४ सय ८५ जनाले मतदान गरेका थिए ।

Posted on:February 8, 2010, 6:03 am

No comments:

Post a Comment