Thursday, June 9, 2011

अन्नपर्ूण्ा संरक्षण क्षेत्रमा मृगको शिकार वढ्दै

आश गुरुङ 'प्रतीक',
deer

लमजुङ, माघ १३ गते । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तरगतको अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजना एक्यापले ओगटेको लमजुङ जिल्लाका ८ वटा गाविसमा मृगको चोरी शिकारी बढेको छ ।

संरक्षित क्षेत्रमा पर्ने पसगाउँ, भोँजे, भुजुङ, घनपोखरा, सिम्पानी, खुदी, भुलभुले र ताघ्रिङ गाविसमा पासो थापेर वा बन्दुकले हानेर मृगको चोरी शिकारी हुने गरेको छ ।

गाउँमा जाँदा आगन्तुक पाहुनाको रोजाई पनि मृगको मासु हुने गरेकाले स्थानीय वासिन्दाले पाहुना सत्कारको लागि भन्दै मृग मार्ने गरेको पाइएको छ । बन्यजन्तुको चोरी शिकारी रोक्ने भन्दै संरक्षित गाविसमा संरक्षण ब्यवस्थापन उप-समितिहरु ग्ठन गरिएपनि प्रभाककारी हुन नसकेको स्थानीयवासिन्दाले वताएकाछन् ।

लुकी छिपी पासो तथा वन्दुकको प्रयोग गरेर मृगको चोरी शिकारी हुँदै आएको र स्थानीय वासिन्दा उजुरी नगरि मौन वसेको कारण चोरी शिकारी मौलाएको एक्याप र जिल्ला वन कार्यलय लमजुङले जनाएको छ ।

Posted on:January 27, 2010, 1:29 am

No comments:

Post a Comment