Sunday, June 19, 2011

ओमले घरदैलो अभियान संचालन गर्ने

आश गुरुङ 'प्रतीक'
लमजुङ, असोज ९ गते ।
लमजुङ सदरमुकाम वेसीशहरमा रहेको ओम फाईनान्स लिमिटेडको शाखा कार्यालयले चालु आर्थिक बर्षा लमजुङमा घरदैलो अभियान संचालन गर्ने तयारी गरेको छ ।

आफ्नो कारोवारको १० बर्षपुरा गरि ११ औं बर्षा प्रवेश गरेको अवसरमा आज शनिवार आफ्नै कार्यालयमा पत्रकार भेटघातको कार्यक्रमको आयोजना गरि घरदैलो कार्यक्रमवारे जानकारी दिईएको हो ।

फाइनान्सले एक दशक पुरा गरेको उपलक्ष्यमा यसै आर्थिक बर्षभित्र लमजुङका सबै गाउँमा पुगेर वित्तिय संस्थाको बारेमा जानकारी गराउने र निस्कृय रहेको रकम बैंकसम्म ल्याउने अभियानको थालनी गर्ने तयारी गरेको बेसीशहर शाखाका प्रबन्धक मनमोहन अधिकारीले जानकारी दिए ।


गत बर्षो पुस अन्तिमवाट बेसीशहरमा कारोबार संचालनमा ल्याएको ओम फाइनान्सले लमजुङमा ४ करोड १५ लाख कर्जा लागानी र ५ करोड २५ लाख रुपैया निक्षेप संकलन गरिसकेको छ । छोटो समयमै बेसीशहर शाखा अन्तरगत १ हजार २ सय ३३ जना ग्राहक रहेको कार्यक्रममा जानकारी दिइएको थियो । ओम फाइनान्सले चालु आर्थिक बर्षा लमजुङमा दश करोड लगानी समेत गर्ने कार्यक्रम रहेको ओम फाइनान्सका महाप्रवन्धक बुध्दि मल्लले बताए ।

ओम फाइनान्सको हालसम्म काठमाण्डौंको बागदरबार, बसुन्धारा, तनहूँको दमौली, लमजुङ्गको बेसीशहर, पोखराको रामबजार र भैरवटोलमा शाखा रहेको छ । छिट्टै नै भक्तपूरको गोलमढीमा समेत शाखा खोलेर कारोबार गर्ने तयारी गरिरहेको फाईनान्सले जनाएको छ ।
फाईनान्सले पोखराको न्यूरोडस्थित आफ्नै स्वामित्वमा रहेको जग्गामा ओम कम्प्लेक्सको निर्माण गरि सो नवनिर्मित भवनमा आफ्नो प्रधान कार्यालय राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकको रुपमा विकास गर्ने तयारी गरिरहेको संचालन विभाग प्रमुख कृष्ण बरालले जानकारी दिए ।


ओम फाईनान्सले आफ्नो कार्यालयमा सवैभन्दा बढी रेमिट्यान्स कारोवार हुनुका साथै मनि ट्रान्फरको सेवा सुविधा रहेको समेत दावी गरेको छ ।

journalis krishna kc and buddi malla
journalis Lamjung

Posted on:September 25, 2010, 7:54 am

No comments:

Post a Comment