Sunday, June 19, 2011

लमजुङमा पर्यटकलाई भब्य स्वागत

आश गुरुङ 'प्रतीक'
लमजुङ, असोज ११ गते ।
३१ औँ विश्व पर्यटन दिवसको अवसर पारेर लमजुङका वासिन्दाले पर्यटकहरुलाई सोमवार भब्य स्वागत गरेकाछन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको चेकजाँच केन्द्र भुलभुले, वेसीशहर, स्थानीय होटल ब्यवासायी साथै ग्रामीण पर्यटकीय गाउँका वासिन्दाले पर्यटकलाई स्वागत गरेका हुन् ।

एक्यापको चेकजाँच केन्द्र भुलभुलेले विश्वविख्यात अन्नपूर्ण पदमार्गका लागि सवैभन्दा पहिले पुगेका तीनजना इजरायली र २ जनार् इङ्ल्याण्डका पर्यटकलाई खादा, टिका, फूलमाला साथै एक्यापको लोगो अङ्कति टिर्-र्सट उपहार दिएर स्वागत गरेका केन्द्र प्रमुख ब्रिजबहादुर गुरुङले जानकारी दिएकाछन् । त्यस्तै, पर्यटन ब्यवस्थापन उप-समिति भुलभुले खुदीले पनि पर्यटकलाई ढाका टोपी र फूलमालाले स्वागत गरेका छन् ।

ग्रामीण पर्यटकीय गाउँहरु घलेगाउँ, भुजुङ, सिउरुङ, खासुर, घनपोखरा लगायत गाउँमा सवैभन्दा पहिले पुगेका आन्तरिक एवं बाहृय पर्यटकलाई पनि स्थानीयवासिन्दाले भब्य स्वागत गरेकाछन् ।


३१ औँ विश्व पर्यटन दिवसको अवसर पारेर एक्यापले घनपोखरा र भुलभुले-खुदीमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
यता, विश्वविख्यात अन्नपूर्ण पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल निकै बढेको छ । लमजुङ सदरमुकाम बेसीशहरदेखि दैनिक ८० देखि दुर्इ सय जनाको संख्यामा पर्यटकहरु अन्नपूर्ण पदमार्गमा घुम्न जाने गरेकाछन् ।

अन्नपूर्ण पदमार्गमा घुम्नका लागि जाने प्रत्येक विदेशी पर्यटकसँग अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले दुर्इ हजार रुपैयाँ प्रबेश शुल्क लिने गरेकोे छ । त्यस्तै ट्रेकिङ ऐजेन्सीले पनि सहयोगी लिएका पर्यटकसँग १० डलर र सहयोगी नलिएका पर्यटकसँग २० डलर लिने गरेको पर्यटक चेकजाँच केन्द्र बेसीशहरकार् इश्वर भट्टले जानकारी दिएकाछन् ।

भदौको १५ गते देखि मंसिर सम्म पर्यटकका लागि अनुकुल सिजन रहेकाले दिनहुँ पर्यटकको संख्यामा बृद्धि भइरहेको चेकजाँच केन्द्रले जनाएको छ । पर्यटकहरु बढेपनि पर्यटकको लागि पदमार्गमा सुरक्षा, ब्यवस्थापन लगायत विभिन्न समस्याहरु रहेकाले पर्यटकहरुलाई उनीहरु सुहाउँदो सेवा दिन नसकेको पर्यटन व्यवसायीहरुले वताएकाछन् ।

लमजुङमा पर्यटकलाई भब्य स्वागत गर्दै

Posted on:September 27, 2010, 5:53 am

No comments:

Post a Comment