Sunday, June 19, 2011

विश्वविख्यात अन्नपर्ूण्ा पदमार्गमा पर्यटकको चहलपहल बढ्यो

आश गुरुङ 'प्रतीक',lamjungnews@gmail.com
लमजुङ, असोज ९ गते । विश्वविख्यात अन्नपर्ूण्ा पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ ।

लमजुङ सदरमुकाम बेसीशहरदेखि दैनिक ८० देखि दर्ुइ सय जनाको संख्यामा पर्यटकहरु अन्नपर्ूण्ा पदमार्गमा घुम्न जाने गरेकाछन् ।
अन्नपर्ूण्ा पदमार्गमा घुम्नका लागि जाने प्रत्येक विदेशी पर्यटकसँग अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजना एक्यापले दर्ुइ हजार रुपैयाँ प्रबेश शुल्क लिने गरेकोे छ । त्यस्तै ट्रेकिङ ऐजेन्सीले पनि सहयोगी लिएका पर्यटकसँग १० डलर र सहयोगी नलिएका पर्यटकसँग २० डलर लिने गरेको पर्यटक चेकजाँच केन्द्र बेसीशहरकार् इश्वर भट्टले जानकारी दिएकाछन् ।

भदौको १५ गते देखि मंसिर सम्म पर्यटकका लागि अनुकुल सिजन रहेकाले दिनहुँ पर्यटकको संख्यामा बृद्धि भइरहेको चेकजाँच केन्द्रले जनाएको छ । पर्यटकहरु बढेपनि पर्यटकको लागि पदमार्गमा सुरक्षा, ब्यवस्थापन लगायत विभिन्न समस्याहरु रहेकाले पर्यटकहरुलाई उनीहरु सुहाउँदो सेवा दिन नसकेको पर्यटन व्यवसायीहरुले वताएकाछन् ।

पदमार्गमा पहिरो गएको, सिँढी निर्माण नगरिएको, बाटोमा होटलहरुको पर्याप्त सुविधा नभएकाले पर्यटक पदमार्गका हिँड्न अप्ठ्यारो परेको व्यवसायीहरुको भनाई छ ।


Posted on:September 25, 2010, 12:59 am

No comments:

Post a Comment