Saturday, June 11, 2011

शान्ति सम्झौताको पर्ूण्ा पालना गर्न राजनीतिक दललाई आग्रह

आश गुरुङ 'प्रतीक'
, लमजुङ, बैशाख १३ गते । देशमा राजनीतिक संकट देखिएकाले विस्कृत शान्ति सम्झौताको अक्षरस पालना गर्न एक कार्यक्रमका बक्ताहरुले राजनीतिक दललाई आग्रह गरेकाछन् ।

लमजुङ सदरमुकाम वेसीशहरमा आज सोमवार आयोजना गरिएको कार्यक्रमा बक्ताहरुले शान्ति सम्झौतालाई भुलेर जनतालाई धोका नदिन राजनीतिक दललाई आग्रह गरे ।

अहिलेका ठूला राजनीतिक दल एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेले सवैभन्दा बढी शान्ति सम्झौता उल्लंघन गरेको ठहर कार्यक्रमा बक्ताहरुको जोड थियो ।

सफर लमजुङ र नेपाल पत्रकार महासंघ लमजुङले आयोजना गरेको कार्यक्रममा जनतालाई जनताको संविधान दिन राजनीतिक दल पछाडि हटेको आरोप लगाएका थिए । कतिपय बक्ताहरुले हत्याहिंसा र हतियार पर््रदर्शनले जनता आतंकित हुने भएकाले यसको निराकणका लागि सरकारलाई वल प्रयोग गर्न समेत आग्रह गरेकाछन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले नयाँ नेपाल र नयाँ संविधान निर्माणका लागि राजनीतिक दलहरु मिल्नुको विकल्प नरहेको वताउनुभयो । एकीकृत माओवादीका देवेन्द्र पौडेलले नयाँ संविधान निर्माण हुन नदिन कांग्रेस एमालेले विभिन्न वहाना बनाएको आरोप लगाउनुभयो । नेकपा एमालेका गुमानसिंह अर्यालले एकीकृत माओवादीले गाउँगाउँमा हतियार पर््रदर्शन गरेर जनतालाई तर्सर्ााो भन्दै तत्काल त्यस्ता क्रियाकलाप नरोकेमा शान्ति प्रक्रिया विथोलिने चेतावनी दिनुभयो ।

'शान्ति सम्झौताको पर्ूण्ा पालनामा राज्य र राजनीतिक दलको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रममा रोटरी क्लबका रामकुमार श्रेष्ठ, लमजुङ उद्योग वाणिज्य संघका पर्ूण्ालाल श्रेष्ठ, चेस नेपालका राजकुमार पाण्डे, सनर्राईज बैंकका रबीन्द्र केसी, प्रहरी नायब उपरीक्षक प्रकाश अधिकारी, र् इन्सेक प्रतिनिधि एवं सफरको उपाध्यक्ष कृष्ण प्रसाद अधिकारी, हिमालचुली कला साहित्य प्रतिष्ठानका बेनबहादुर सुँयल, नौलो घुम्तीका दलबहादुर मजाकोटी, आमा समूहका सीता अधिकारी, पत्रकारहरु धनञ्जय दवाडी, कृष्ण केसी, काशिम राना तथा राजनीतिक दलका विद्यार्थी भातृसंगठनका प्रमुख एवं प्रतिनिधिहरुले शान्ति सम्झौताको पालना नगरे मुलुक गम्भीर दर्ुघटना फस्ने चेतावनी दिएका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष किसान 'संगीत' नेपालीको अध्यक्षतामा भएको थियो ।






Posted on:April 26, 2010, 11:07 pm

No comments:

Post a Comment