Saturday, June 11, 2011

प्रहरी सर्म्पर्कका अर्काकी श्रीमती र बालिका बेपत्ता

आश गुरुङ 'प्रतीक',
प्रहरीले भने, 'थाह छैन भाइ'
लमजुङ, बैशाख १४ गते । लमजुङमा पाँच छोराछोरीका आमा र उनकी २ वषिर्या बालिका रहस्यमय तवरले बेपत्ता भएका छन् । लमजुङमा कार्यरत एकजना प्रहरी जवानले तनहुँवाट ल्याएका आर्काकी श्रीमती र बच्चा बेपत्ता भएपछि लमजुङ र तनहुँ प्रहरी कार्यालयमा अहिले यसको खैलाबैला निक्कै मच्चिएको छ ।

आफ्नो श्रीमतीलाई छोडेर अर्काको श्रीमतीलाई भगाएर ल्याएका प्रहरी जवान बेलबहादुर श्रेष्ठ पनि अहिले सर्म्पर्कमा छैनन् । उनकी श्रीमती अहिले सदरमुकाम वेसीशहरमै बस्दै आएकाछन् ।

लमजुङ कारागारमा कार्यरत प्रहरी जवान श्रेष्ठले तनहुँको ब्यास नगरपालिका-८, दमौलीका ४२ वषिर्या लोकमाया बासेमगर र उनकी २ वषिर्या छोरीलाई गत बैशाख ७ गते लमजुङ भगाएर ल्याएका थिए । प्रहरीबृत्तमा यो कुरा फैलिएपछि गत शनिवार रातीवाट आमा छोरी बेपत्ता भएका हुन् ।

तनहुँका मीनबहादुर बासेमगरले आफ्नो श्रीमती र छोरीलाई प्रहरी जवान श्रेष्ठले बेपत्ता बनाएको र आफ्नो ३ लाख ८० हजार नगद र ३ तोला सुन लगेको भन्दै जिल्ला प्रहरी कार्यालय लमजुङ र तनहूँमा उजुरी दिएकाछन् । उजुरी दिन आज मंगलवार लमजुङ आएका बासेमगरले आफू मलामी जाँदै गरेको बेला श्रीमती र छोरीलाई भगाएर लगेको वताए । भूतपर्ूव प्रहरीसमेत रहेका बासेमगरले श्रेष्ठलाई तत्काल पक्राउ गरि कार्वाही गर्न, उनको सञ्चयकोष रकम र तलब रोक्क गर्न साथै लगेको रकम फिर्ता गर्नुपर्ने माग राखेकाछन् । आमाछोरीलाई भगाएर लगेका प्रहरी जवान श्रेष्ठले अर्काको श्रीमती ल्याएको स्वीकारे पनि उनीहरुलाई बेपत्ता नबनाएको र पैसा पनि नलिएको बयान दिएकाछन् । लमजुङका प्रहरी प्रमुख प्रकाश अधिकारीले तनहुँ प्रहरीमा उजुरी परेको भन्दै सोधपुछपछि रमना लेखेर तनहुँमा पठाएको वताए ।

गोरखा जिल्ला बुंकोट गाविस ८ घर भएका श्रेष्ठलाई लमजुङ प्रहरीले आईतवार तनहुँ पठाएपनि तनहुँका प्रहरीले यस विषयमा थाह नभएको वताएकाछन् । धेरै मुस्किलले आफ्नो फोन उठाएका तनहुँका प्रहरी प्रमुखर् इश्वरी प्रसाद चपागाइँले भने, 'यस विषयमा मलाई थाह छैन भाइ, उसलाई पहिल्यै लमजुङ सरुवा गरिएको हो, उनी यहाँ आएका छैनन् ।' 'उनी त रमना लिएर तनहूँका आएको छ त' भन्ने जिज्ञासामा चापागाइँले भने, 'उनी हाम्रो सर्म्पर्कमा आएको छैन ।' स्मरणीय छ, प्रहरीले सूचना नदिने र लुकाउने गरेको भन्दै तनहुँका पत्रकारहरुले मात्रै नभएर नेपाल पत्रकार महासंघ तनहुँ शाखाले समेत तनहुँ प्रहरीको नेतृत्वमाथि बेलाबेलामा प्रश्न उठाउँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँकै मुद्दा फाँटका प्रहरी सहायक निरीक्षक गौतम बाहोराले पनि लमजुङ प्रहरीवाट कोही रमाना लिएर तनहुँ प्रहरीमा नआएको र उजुरी पनि नपारेको वताए । तर, जिल्ला प्रहरी कार्यालय तनहुँको फोन नम्बर ०६५५६०१९९ मा सर्म्पर्क गर्दा बेलबहादुर श्रेष्ठ रमाना लिएर कार्यालयमा आएको र उनीमाथि आरोप लगाईएको रकम लिएको प्रमाणित भए दोब्बर तिर्ने शर्त राखेर हस्ताक्षर गरेको वताए । श्रेष्ठ त्यसपछि सर्म्पर्कमा नरहेको ती प्रहरीको भनाई छ ।

सदरमुकाम वेसीशहर र बाँझाखेत गाविस जोड्ने पूल छेउमा डेरा वसेका आमाछोरी बेपत्ता भएपछि स्थानीयवासिन्दासमेत अचम्ममा परेकाछन् । उनीहरु बेपत्ता भएको खबर आएपछि प्रहरीको र्सचटोलीले नजिकैको भीरछेउवाट उनीहरुले प्रयोग गरेको लत्ताकपडासहितको केही सामाग्री भेट्टाएको छ ।


Posted on:April 27, 2010, 7:58 am

No comments:

Post a Comment