Saturday, June 11, 2011

लमजुङको घलेगाउँमा आन्तरिक पर्यटक बढ्यो

आश गुरुङ 'प्रतीक',
घलेगउँ -लमजुङ), बैशाख १३ गते । गर्मीयामको शुरुवातसंगै लमजुङको पर्यटकीय ग्रामीण क्षेत्र घलेगाउँमा आन्तरिक पर्यटक हृवात्तै बढेको छ । अघिपछि दैनिक २० देखि ३० जना सम्म पर्यटकहरु घलेगाउँ पुग्ने गरेकोमा गर्मीयाम शुरु भएपछि दैनिक ७० जनासम्म पर्यटक घलेगाउँ पुग्ने गरेकाछन् ।

शहरबजारको कोलाहल र गर्मी छल्न घलेगाउँ पुगेका पर्यटले कला संस्कृतिको मज्जा पाउनु त छँदै छ, स्थानीयवासिन्दाको आत्मीयता र अन्नपर्ूण्ा, लमजुङ, मनासलु लगायतका हिमालहरुको शितल संजीवनी पाउने गर्छन् ।

दैनिक रुपमा पर्यटकको आगामनमा बृद्धि भएपछि २२ वटा होमस्टेलाई बढाएर २८ वटा पुर्‍याउनुका साथै ७० घरमा पर्यटक बस्ने ब्यवस्था मिलाएको छ । आन्तरिक एवं बाहृय पर्यटकको गन्तब्यस्थल बनेको घलेगाउँमा गत साउनदेखि देखि हाल सम्ममा करीब तीनहजार नेपाली र पाँचसय बढी विदेशी पर्यटकले घलेगाउँको अवलोकन गरिसेकाछन् ।

प्राकृतिक सौर्न्दर्यता र कला संस्कृतिको खानी हुनुका साथै सवै प्रकारका हिमालहरु एकै ठाउँवाट हर्ेन मिल्ने भएकाले घलेगाउँ घुम्ने पर्यटकको संख्या बढ्दै गएको पर्यटन ब्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले वताउँछन् । उनका अनुसार हिजोआज छिटफुट रुपमा मात्र नभएर शैक्षिक भ्रमणका लागि र प्याकेज टुरका लागि पनि घलेगाउँ सवैको गन्तब्यस्थल बनेको छ । घलेगाउँ पुगेपछि पर्यटकले आफ्नो चाहनाअनुसारको स्थानीय परम्परागत खाना उपभोग गर्न पाउनुका साथै परम्परागत गुरुङ संस्कृतिका झलक तथा झाँकी, संग्रहालय, चियाबगान साथै दर्जनौ हिमश्रङ्खलाहरु देख्न सक्नेछन् ।

गाउँलाई स्वदेश तथा विदेशमा प्रचारप्रसार गरि आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउने उद्देश्यले २०५७ सालबाट स्थानीयवासिन्दाले महोत्सवको आयोजना गर्दै आएको छ । घलेगाउँलाई विश्वभर प्रचारप्रसार गर्ने उद्देश्यले यसपटक आगामी बैशाख २३ देखि २५ गतेसम्म ११ औँ घलेगाउँ महोत्सव आयोजना गरिने भएको छ ।

ओछ्यानबाटै सूर्योदय साथै र्सर्ूयस्तको मनोरम दृश्य अवलोकन गर्न सकिने घलेगाउँवाट माछापुच्छ्रे, अन्नपर्ूण्ा, लमजुङ, हिमालचुली, मनास्लु, गणेश, लगायतका हिमश्रृङ्खलाहरु नजिकैवाट नियाल्न सकिन्छ । 'मर्स्याङदी, मिदिम तथा खुदी नदीको नागबेली एकै ठाउँवाट देख्न पाउँदा ज्यादै खुसी लाग्यो' वातावरणीय र सरसफाईको क्षेत्रमा काम गर्दै आएको संस्था ग्रीन सोर्साईटीका केन्द्रीय महासचिव देवेन्द्र पौडेलले भने, 'प्रकृतिले दिएअनुसार यहाँका वासिन्दा पनि दिन सके अझ यो भन्दा पर्यटक निकै आउनेछन्, घलेगाउँ घुम्न ।' ग्रीन सोर्साईटीकी परियोजना संयोजक विमला पौडेल अगाडि भन्छन्, 'छोटो समय र लामो समय विदा भएकाहरुका लागि घलेगाउँ नै एकमात्र घुम्नका लागि विकल्प हुन सक्छ ।'

घलेगाउँमा आरामदायी सौर्य बिजुलीको उज्यालोमा सुत्ने कोठा, शौचालय, नुहाउनको लागि बाथ रुम र जाडो तथा गर्मीयाममा नुहाउन र्सार्वजनिक नुहाउने घरको व्यवस्था छ । परालको गुन्द्री माथि गाउँमै बरुवाल भेडाको उनबाट बुनेको राडी र गलैंचामा पलेटी मारेर बस्दा पारिवारिक वातावरणमा रहेको अनुभव हुने पर्यटकहरुको भनाई छ । चिरबिर गर्ने चरा चुरुङ्गी, काँडे भ्याकुर, कालिज, लुइँचे, पिउरा, कालिज तथा मृगका आवजले पनि पर्यटकको मन लोभ्याउने गरेको स्थानीयवासिन्दा वताउँछन् ।

समुन्द्री सतहदेखि करीब २ हजार १ सय मीटरको उचाईरमा रहेको घलेगाउँमा १ सय १५ घर छन् । काठमाडौंवाट तनहुँको डुम्रे हुँदै लमजुङ सदरमुकाम बेसीशहरवाट करीब ६ घण्टाको हिँडाइपछि घलेगाउँ पुग्न सकिन्छ । बेसीशहरबाट बाग्लुङपानी हुँदै, बेसीशहरबाट खुदी सिम्पानी भलामचौर हँंदै र बेसीशहरबाट खुदी घनपोखरा हुँंदै गएपनि घलेगाउँ पुग्न सकिन्छ । अहिले वेसीशहरवाट बाग्लुङपानी हुँदै सिधै घलेगाउँसम्म मोटर पुगेपछि पर्यटकलाई सजिलो भएको छ । त्यसो त पछिल्लोपटक वेसीशहर-सिम्पानी हुँदै पनि घलेगाउँसम्म मोटर पुग्ने गरेको छ । यसले पनि पर्यटकलाई घलेगाउँ पुग्न ज्यादै सजिलो भएको छ ।
Ghalegaun ma local tourist
Ghalegaun ma local tourist
Ghalegaun ma local tourist

Posted on:April 26, 2010, 8:44 am

No comments:

Post a Comment